एघार वर्षसम्म अधिवेशन नगरिएकाे भन्दै उवासंघ ओखलढुंगाका सचिव श्रष्ठले दिए राजीनामा

देशको आवाज
२ वैशाख २०८१ १५:००

ओखलढुंगा, २ बैशाख । उद्योग वाणिज्यसंघ ओखलढुंगाका सचिव निवन्द श्रेष्ठले राजीनामा दिएका छन् । प्रत्येक ३ वर्षमा हुनुपर्ने संघकाे नियमित अधिवेशन र साधारणसभा समेत ११ वर्ष सम्म हुन नसकेकाे भन्दै सचिव श्रेष्ठले राजीनामा दिएका हुन् ।

संघकाे नेतृत्वले लामाे समयसम्म नियमित अधिवेशन, साधारणसभा, लेखा परिक्षण र नवीकरण समेत गर्न नसकेकाे भन्दै उनले चैत्र ३० गते पदबाट राजीनामा दिएकाे बताए । यही बैशाख ५ बाट ओखलढुंगा महाेत्सवकाे तयारी गरिरहेकाे अवस्थामा उवासंघका सचिवले नै राजीनामा दिएकाे विषयलाई जिल्लाका उद्योगी व्यवसायिहरुले महत्वकासाथ हेरेकाे बताएका छन् ।

महासंघकाे २०६९ मा भएकाे अधिवेशनकै नेतृत्वले नियमित अधिवेशन र बार्षीक साधारणसभा समेत नगराई अबैधानीकरुपमा संस्था चलाईरहेकाे कारण व्यापारी र जनस्तरबाट व्यापक बिराेध आएकाले राजीनामा दिएकाे सचिव श्रेष्ठले बताएका छन् । उनले अध्यक्षलाई सम्बाेधन गरेर बुझाएकाे राजिनामा पत्रमा लेखेका छन-`२०६९ मा भएकाे अधिवेशन पश्चात् हालकाे मिति सम्म कुनै अधिवेशन, बार्षीक साधारणासभा हुन नसकेकाेमा व्यापारी वर्ग, सदस्यहरु र जनस्तरबाट व्यापक विराेध र बैधानिकतामाथि नै पश्न उठ्नु स्वभाविकै हाे । तसर्थ यश पदमा बसीरहन उचिन नदेखेकाे हुँदा आजकै मितिबाट पदबाट राजीनामा दिएकाे छु ।´

उनले तत्काल अधिवशनकाे मिति ताेकी अधिवेशन गर्न नेतृत्व समक्ष आग्रह समेत गरेका छन् । उवासंघ ओखलढुंगाकाे तीन तीन वर्षमा हुनुपर्ने अधिवेशन ११ वर्ष सम्म नभएकाेप्रति व्यापारिहरु समेत सन्तुष्ट छैनन् ।