प्रेस स्वतन्त्रताका कुण्ठित हुने मिडिया विधेय स्वीकार्य हुँदैन-अध्यक्ष लम्साल

देशको आवाज
२१ वैशाख २०८१ ११:५२

काठमाडौं । प्रेस युनियनका सभापति शिव लम्सालले प्रेस स्वतन्त्रताका कुण्ठित हुने मिडिया विधेय ल्याइए स्वीकार नहुने बताएका छन् । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन समारोहमा बोल्दै उनले सरोकारवालाहरूको छलफल बेगर विधेयक पारित भए नमान्ने चेतावनी दिएका हुन् ।

‘आयोग, समिति र उपसमिति सरोकारवालाहरूको छलफल बेगर संसद्, प्रदेशबाट प्रेस स्वतन्त्रता सम्बन्धी विधेयक पारित भए हामी त्यो कुरा स्विकार्दैनौँ’, लम्सालले भने । प्रेस स्वतन्त्रता र श्रमको उचित मूल्यको पक्षमा आफूहरूले आन्दोलन जारी राखेको बताए ।