कुन्तादेवीकाे जङ्गलमा भिषण आगाेलागि

देशको आवाज
२१ वैशाख २०८१ २१:४८

ओखलढुंगा  । आगाेलागीले ओखलढुगास्थित विभिन्न गाउँका जङगलहरु सखाप भएका छन् । आजै साँझबाट माेलुङ १ कुन्तादेवी र मा्लुङ २ लामिडाडाका जङ्गलमा भिषणरुपमा आगाे लागेकाे छ ।

तलतिर वस्ती छ भने माथितिर डढेलो जङगल सखाप पार्दै गर्दा त्यहाँबाट उडेर बस्तीमा समेत आगाे जानसक्ने स्थानीयमा त्रास छ । मोलुङ गाउँपालिका १ को लिपेखोला गाउँसहित थापाचौर, डढुवा, लामीडाँडा, ढुस्केलगायतका क्षेत्रका सामुदायिक वनमा चारैतिर आगो फैतालिएको छ ।

आगाेलागीले यहाँकाल सयाै रुख बिरुवा, बन्यजन्तु नास भएकाे अवस्था छ । आगाे गाउँ नपसाेस भनेर स्थानीयहरुले अग्नि रेखा बनाउने, सकेकाे निभाउने काम समेत गरिरहेकाे स्थानीय बनाेज बाँनियाले जानकारी दिए ।