नीलमणीकृपालुजी महाराजद्वारा ललितपुरमा प्रवचन
ललितपुर। भारतका ख्याति प्राप्त आध्यात्मिक गुरु श्री नीलमणीकृपालुजी महाराजद्वारा पाटन दरबार क्षेत्रत्रस्थित भण्डारखाल बगैँचामा शनिबार साँझ आध्यात्मिक प्रवचन हुने भएको छ । गुरु नीलमणी नेपाल आउनुभएको अवसर पारेर ललितपुर निवासी सुभद्रा श्रेष्ठको आहवानमा सो प्रवचन कार्यक्रम आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो।
‘
सधै टेलिभिजन, युटुयुब मार्फत कृपालुजी महाराजको प्रवचन सुनिरहेको स्थितिमा प्रत्यक्ष सत्संगमा प्रवचन सुन्ने मौका पाउँदा अत्यन्त खुशीको अनुभूत भएको छ।’ श्रेष्ठले भन्नुभयो ‘ बिहान हुने कृतन तथा प्रवचनमा सहभागी हुन सबैमा आहवान गर्दछु ।’ श्रेष्ठका अनुसार सो प्रवचन शनिबारदेखि पाँच दिनसम्म हरेक साँझ ५ बजे हुने छ।सो कार्यक्रममा नेपाल लगायत भारतका भक्तजनहरु पनि सहभागी हुने छ ।
प्रतिक्रिया दिनुहोस