पार्किङ प्रवेश गर्नासाथ १ सय ५० सम्म असुली

विमानस्थलको पार्किङमा आईएमएस एयरपोर्ट सर्भिस कम्पनीको लुटतन्त्र

देशको आवाज
२० वैशाख २०८१ ६:५५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा आईएमएस एयरपोर्ट सर्भिस कम्पनीले लुटतन्त्र मच्याएको छ । कमिशनमा माफियाको कब्जामा पुर्याएइको विमानस्थलको पार्किङ प्रवेश गर्नासाथ सर्वसाधारबाट ४० देखि १ सय ५० सम्म असुल्ने गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा समेत आम सर्वसाधारणा ठगीदा सरकारी पक्ष मौन छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेबापत आईएमएस एयरपोर्ट सर्भिस नामक कम्पनीले सवारी प्रवेश गर्नेबित्तिकै प्रतिसवारी ४० देखि १ सय ५० रुपियाँसम्म शुल्क लिने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । पार्किङस्थल प्रवेश गर्नासाथ पाँच मिनेटको शुल्क १ घण्टाकै तिर्नुपर्ने यहाँको बाध्यता छ । यसरी लुटतन्त्र मच्याउन सरकारले नै कमिशनमा आईएमएस एयरपोर्ट सर्भिस कम्पनीलाई अधिकार दिएको पाइएको छ ।

विमानस्थल जाने अधिकांश साना ठूला ( मोटरसाइकल, ट्याक्सी, गाडी) सवारी पार्किङमा मोटो शुल्क लिने गरिएको छ । अन्य ठउँको पार्किङ भन्दा यहाँ दोब्बर शुल्क लिने गरीएको मात्रै होइन प्रवेश गर्नासाथ बाहिरिदा समेत न्युनतम एक घण्टाको शुल्न लिएर नागरिकबाट सिधै लुट्ने काम भइरहेको सवारी चालकहरुको गुनासो छ ।

आफन्तलाई विमानस्थल पुर्याउँन मोटरसाइकल पार्किङमा पुगेका सर्लाहीका अभिषेक दाहालले प्रवेशको केही मिनेटमै ४० तिर्नु गरेको गुनासो गरे । त्यस्तै काठमाडौं बस्दै आएका सुमन लामा लेपनि मोटरसाइकल प्रवेश गराउनेबित्तिकै एयरपार्टको पार्किङमा ठगीएको बताए । उनी प्रवेश गरेर पार्किङ नगरी निस्कदा समेत ४० रुपियाँ तिर्नुपरेको बताए ।

आईएमएस एयरपोर्ट सर्भिसले बसको १ सय ५०, माइक्रो बस १ सय, कार ८०, ट्याक्सी ६० र मोटरसाइकलको ४० रुपियाँ लिने गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले सो कम्पनीले ५१ रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएको र निजी क्षेत्रले जति पनि शुल्क लिन पाउने जवाफ दिए । कम्पनीले दैनिक पार्किङ शुल्क र बैंक, होटलले भाडा गरेर मासिक करोडौं उठाउँदै आएको छ । एउटा ट्याक्सी एक दिनमा १० पटकसम्म आउने गरेको छ। पटककैपिच्छे पार्किङ शुल्क दिनुपर्छ।

यसरी व्यपारीले सर्वसाधारणबाट महंगो शुल्क उठाएर लुट मच्याएको विषयमा विमानस्थल कार्यालयले गैर जिम्मेवार जवाफ दिएको छ ।प्राइभेट कम्पनिले सरकारसँग ठेक्कामा लिएको हुँदा महंगो रकम उठाउनु ठूलो विषय नभएको प्रवक्ता झाले प्रतिकृया दिए । केही महिनाअगाडि पार्किङ शुल्क महँगो भएको भन्दै त्रिभुवन विमानस्थल क्षेत्रभित्र ट्याक्सी चालकले हड्ताल गरेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरूले त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपियाँ लिँदै आएकोमा सर्भिस कम्पनी आएपछि ८० रुपियाँ लिइएको थियो ।

आईएमएस एयरपोर्ट सर्भिसले सेटिङ मिलाएर महत्वपूर्ण स्थानमा रहेको ५१ रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिन सफल भएको हो । ७ कात्तिक २०६९ मा साविक ‘रसुवा केडी जेभी’सँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले वार्षिक करिब ७० लाख रुपियाँ भाडा लिने गरी ३० वर्षका लागि जग्गा भाडामा लगाउनेसम्बन्धी सम्झौता गरेको थियो। जेभीका सञ्चालक बिमल पोद्दार ३३ किलो सुन प्रकरणमा मुछिएपछि सर्भिस कम्पनीले सेटिङमा जग्गा र निर्माण भएको भौतिक संरचना  मिलाएको हो।

तत्कालीन समयमा अर्थ मन्त्रालयसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा प्रवेशद्वार सँगैको जग्गामा हवाई यात्रु बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षा कक्ष, चमेना गृह, पर्यटकका लागि मनोरञ्जन पार्क, बगैंचा, बालबालिका क्रीडास्थल, व्यावसायिक भवनलगायत बनाउन विमानस्थल कार्यालयलाई स्वीकृति दिएको थियो । कार्यालय सँगको संझौता भन्दै अहिले व्यवसायिक कम्पनी आईएमएस एयरपोर्ट सर्भिसले सर्वसाधारण जनतालाई ठगिरहेको छ ।