नापी कार्यालय गाईघाटमा सर्भेक्षक अतिस कुमारको चकचकी

देशको आवाज
२७ फागुन २०८० २२:५४

काठमाडौं,२७ फागुन । नापी कार्यालय गाईघाट, उदयपुरमा नापी सर्भेक्षक अतिस कुमार मण्डको चकचकी चलेको छ । विभागले असोज १५ मै धनकुटा सरुवा गरेका मण्डल हाल सम्म साविककै कार्याल उदयपुरबाट चटपटाएका छैनन् । उनीसँगै सरुवा भएका अधिकृतले तत्काल रमना बुझेर विभागले पठाएको कार्यालयमा गएपनि सर्भेक्षक मण्डल भने गैह्र कानुनीतवरले पुरानै अड्डामा बसीरहेको नापी कार्यालय उदयपुरका कर्मचारीहरु बताउँछन् ।

कार्यालय प्रमुख सरुवा भएर अन्यत्र गएपछि कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएका नापी अधिकृत ईन्द्र कुमार साहले समेत मण्डललाई सरुवा भएको जिल्लामा पठाउन सकेका छैनन् । उनि अहिले कार्यालयको काम भन्दा फिल्डको काममा मात्रै जाने र कार्यालय प्रमुखको वरिपरि घुमेर बसेका छन् । विभागले सरुवा गरिसकेका कर्मचारीलाई रमना दिनुको सट्टा कार्यालय प्रमुख साहले फिल्डको काम दिएर गैह्रकानुनि तवरले राखिएको स्थानीय समेतले बताएका छन् ।

सरुवा भएरपनि त्यही बसेका सर्भेक्षक मण्डलले सेवाग्राहीबाट समेत पैसा उठाएर कार्यालयप्रमुख समेतलाई भाग पुर्याउने गरेको तथ्या फेला परेको छ । तालुक अड्डाले पठाएको ठाउँमा नगएर यसी जवरजस्ती गर्नेमाथि आवश्यक कारबाही गर्नुपर्ने नापी विभागमा उजुरी समेत परेको छ । यद्यपि यो विषयमा नापी विभाग बोलेको छैन् । उक्त कार्यालयमा अहिले नापी अधिकृत साह र सर्भेक्षक मण्डल एतातिर छन भने बाँकी कर्मचारीहरु अर्को समुहमा विभाजित भएका छन् ।