मुक्तिनाथ विकास बैंक पार्बतीपुर द्वारा क्षतीपुर्ती तथा राहत वितरण

देशको आवाज
१७ वैशाख २०८१ २०:३८

ग्रामीण क्षेत्रलाई आफ्नो संभावित कार्य स्थलको रुपमा पहिचान गरेको नेपालको पहिलो बैंक मुक्तिनाथ विकास बैकले आगलागी बाट पिडीतका लागी आर्थिक सहयोग हस्तान्तरण गरेकाे छ । भरतपुर महानगरपालीका ध्रुबबजार बसोबास गरी बचत तथा कर्जा कारोबार गदै अाएकी सुक माया लामाको गोदाम घरमा विद्युतीय लाइन सट भइ आगलागी बाट करीव दश लाख बराबरको धनमाल क्षती भएकोमा, बैक बाट आर्थिक सहयोग स्वरुप तिस हजार सहयोग हस्तान्तरण गरेकाे हाे । वित्तीय पहूँच नपुगेको तथा न्यून आर्थिक अवस्था रहेका आफ्ना सदस्य तथा सर्बसाधरण बचतकर्ताहरूलाइ बेलाबेलामा सहयाेग गर्दै अाइरहेकाे पार्बतीपुर शाखाका डेस्क प्रमुख  नारायण प्रसाद ढकालले बताएका हुन । बैककाे क्षतीपुर्ती सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष राम गोदार तथा क्षेत्रीय कार्यालय नारायणगढका अनुगमन अधिकृत ध्रुवराज घिमिरे , पार्बतीपुर शाखाका शाखा प्रमुख केदार प्रसाद अर्याल र समुहमा आबद्ध सदस्य साथै अन्यकाे उपस्थित रहेको थियो ।

मुक्तिनाथ विकास बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ” भन्ने मूल मर्मलाई आत्मसाथ गरी देश भरी नै पूर्ण वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ । सोही अनुरुप ग्रामीण अर्थतन्त्रको दिगो विकासको लागि समावेशी वित्तीय सेवामा जोड दिएको छ । यस बैंकले अनौपचारिक क्षेत्रबाट वित्तीय आवश्यकता पुरा गरी रहेका नागरिकहरुलाई पहिचान गरी औपचारिक वित्तीय सेवा प्रदान गर्ने गर्दछ । आफ्नाे ग्राहक, समाज र लक्षित बजारको आवश्यकतालाई मध्यनजर गरी वित्तीय सेवाहरुमा नवीनता विकास गर्ने कोशिस गरेको याे बैंकले आफ्ना सेवाहरुलाई सहज र सरल रुपमा ग्राहक समक्ष पुर्याउन बिभिन्न प्रकारका सेवाहरु प्रदान गर्दै अाइरहेकाे छ ।