सहरी स्वास्थ्य केन्द्र जन्तरखानी मैदानेबाट स्वास्थ्यसेवा प्रारम्भ

देशको आवाज
२९ चैत २०८० १५:५२

ओखलढुंगा, २९ चैत्र । सिद्दिचरण नगरपालिका, ६ मैदानेमा आधारभुत स्वास्थ्य सेवाहरु उपलब्ध गराउने उद्देश्यले सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएकाे छ । नगरपालिकाले स्थानीय नागरिकलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा दिने उद्देश्यकासाथ सहरी स्वास्थ्य केन्द्र स्थापना गरेकाे सिनपा ६ जन्तरखानीका वडा अध्यक्ष मेखबहादुर मगरले बताए ।

यस सहरी स्वास्थ्य केन्द्रमा सिनपा ६/७ का केही भुगाेल र माेलुङ ८ का नागरिकले सेवा लिने छन् । स्थानीय जनताकाे स्वास्थ्य सेवालाई ध्यानमा राखेर नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापनन गरिएकाे सिद्धचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताए । आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै सेवा प्रबाह बृद्दि गर्ने कुरामा नगरपालिकाले आवश्यक सहयाेग गर्ने पतिवद्दता जनाउदै उनले नागरिकलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन वडाका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

नगर स्वास्थ्य शाखाकाे समन्वयमा काम गर्ने गरि सञ्चालनमा आएकाे उक्त स्वास्थ्य केन्द्रबाट दन्तसेवा, प्राथमिक उपचार अन्तरगत सबै स्वास्थ्यसेवाहरु दिईने व्यवस्था मिलाईएकाे जन्तरखानी स्वास्थ्य चाैकी प्रमुख अनिल विसीले जानकारी दिए । स्वास्थ्यचाैकी जन्तरखानीबाट प्रदान हुने सबै सेवाहरु यस सहरी स्वास्थ्य कन्द्रबाट प्राप्त हुने उनकाे भनाई छ ।

वडा अध्यक्ष मेखबहादुर मगरकाे विशेष पहलमा नगरपालिकाले गाउमै स्वास्थ्यसेवा प्राप्त हुनेगरी स्वास्थ्य संस्था स्थापना गरि सञ्चालनमा ल्याएपछि स्थानीयहरुमा खुसी छाएकाे नवज्वति मावि मैदानेका प्रधानाध्यापक ईन्द्रबहादुर मगरले जानकारि दिए । आगामी दिनमा यस स्वास्थ्य संस्थालाई स्तरिकरण गर्दै लैजाने वडा अध्यक्ष म्खबहादुर मगरकाे भनाई छ ।