मन लोभ्याउनले राता र सेता गुराँस (फोटो फिचर)

जीवन शर्मा
७ वैशाख २०८१ १४:३३

ओखलढुंगा । ओखलढुंगाको, सिद्धिचरण नगरपालिका, खिजीदेम्बा गाउँपालिकाका र चम्पादेवी गाउपालिकाका केही जंगलहरुमा मनै लोभ्याउने गरी ढकमक्क लागीगुराँस फूलेका छन् । नगरपालिको माथिल्लो भेग ठाडे, ड्याम्के, चैत्रे बैशाखे, पत्ताले हुँदै सोलुका विभिन्न जंगलमा विभिन्न प्रजातिका गुराँस ढकमक्क फुल्न थालेको हुन्। त्यस्तै खिजीदेम्बा गाउँपालिकाकाको ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडा, चुली मन्दिर आसपासको डाँडाकटेरी क्षेत्रमा बढी गुराँस फुल्ने गर्छ ।

गुराँस फुलेपछि यहाँका पहाडी डाँडापाखा सुन्दर र आकर्षक देखिन थालेका छन् । उचाइका आधारमा माघदेखि वैशाख महिनासम्मै यहाँ गुराँस फुल्ने गरेको छ । गुराँस फुल्दा यहाँका ग्रामीण वस्ती समेत सजिसजाउ देखिन थालेका छन् । चम्पादेव िगाउँपालिकाको ककनी गौरी बनमा समेत यतिबेला गुराँसले पाखै राताम्मे भएका छन् । यहाँका डाँडापाखा राताम्मे हुनेगरी फुलेको विभिन्न प्रजातिका गुराँस हेर्न जानेहरुको संख्या समेत बढ्ने गरेको स्थानीयले बताए । पर्यटकीय दृष्टिकोणले यसको उचित व्यवस्थापन तथा संरक्षण संबद्र्धन आवश्यक रहेको स्थानीयले माग समेत गरेका छन् । पहाडी क्षेत्रमा फुल्ने गुराँसका धेरै प्रजाति यहाँ पाइए पनि यसको अध्ययन भने हुन सकेको छैन ।

गुराँस फुलेसँगै यहाँ आन्तरिक तथा वाह्य पर्यटनको संभावना भए पनि प्रचारप्रसार अभावमा पर्यटक पुग्न नसकेको खिजीदेम्बा गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले बताईन । सिजनमा फुल्ने अनेकन थरिका गुराँसको महत्व र यसका फाइदाका बारेमा समेत सम्बन्धीत निकायहरुले स्थानीय सरकारसँगको सहकार्यमा काम गर्न सके पर्यटकीय दृष्टिकोबाट निकै फाइदा हुने स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।