रुसी सेनामा फसेका नेपालीको उद्दामा सरकारले बेवास्ता गरेपछि पीडित परिवार अनशन बस्न बाध्य

देशको आवाज
७ वैशाख २०८१ २३:००

काठमाडौं,७ वैशाख । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरूले माइतीघर मण्डलमा अनशन सुरू गरेका छन् । रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षा अभियानबाट अभियन्ता कृतु भण्डारीको नेतृत्वमा १९ जनाले शुक्रबार दिउँसोदेखि माइतिघर मण्डलामा अनशन थालेका हुन् ।

उनीहरूले रुसी सेनामा भएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता, भर्ती भएका र युक्रेनको कब्जामा रहेकाहरूको सकुशल उद्धारको माग राख्दै आएका थिए । लामो समयसम्म सरकारले रुसी सेनामा पीडित परिवारको गुनासो सम्बोधन नगरेपछि अनशन बस्न बाध्य भएको अभियान्ता कृतु भण्डारीले बताईन् ।

युद्धमा परी घाइते भएका नेपालीहरूको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने व्यवस्था मिलाउनु पर्ने अनशनमा बसेकाहरुको माग छ ।  त्यस्तै रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिन पनि सरकारसँग आग्रह गरेका छन् ।

तर सरकारले यस्तो गम्भीर विषयलाई सामान्वीकरण गर्दै रुसको युद्धमैदानमा रहेका नेपालीको चित्कार नसुनेको पीडितहरुले बताएका छन् । रुसी सेनामा फसेका नेपालीको उद्दामा सरकारले बेवास्था गरेपछि पीडित परिवार अनशन बस्न बाध्य उनिहरुको भनाई छ ।