कतारी राजालाई राष्ट्रपति पौडेलले गरे भव्य स्वगत

देशको आवाज
११ वैशाख २०८१ १६:४०

काठमाडौं,११ बैशाख । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपालमा भव्य स्वागत गरिएको छ । उनलाई मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका हुन् । उनलाई सेनाको सलामीसहित सम्मान गरिएको थियो । बङ्गलादेशको भ्रमण सकेर अमिर काठमाडौँ आएका हुन् । अमिरले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।