अध्ययनका लागि क्यानडा जाने विद्यार्थीले तत्काल काम पाउँदैनन् – दूतावास

देशको आवाज
२० वैशाख २०८१ १४:४७

काठमाडौं । क्यानडामा रहेको नेपाली राजदूतावासले अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई सचेत गराएको छ । क्यानडाका विभिन्न शैक्षिक संघ संस्थाहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूका सचेतनाका लागि सूचना प्रकाशित गरेको हो।

दूतावासले अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्ने खाने खर्चको व्यवस्था गरेर मात्र पठाउनु पर्ने बताएको छ । पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के(कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रूपले सहयोग गर्न सुझाव दिएको छ ।

‘क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

पछिल्लो समय क्यानडा जाने विद्यार्थीहरू विभिन्न प्रकारका ठगीको सिकार हुँदै आएका छन्। विशेषगरि सामाजिक सञ्जालबाट विज्ञापन गर्दै विद्यार्थीहरूलाई ठगी गर्ने गिरोह सक्रिय देखिएको हो। यस्तो खालको गिरोहबाट सचेत रहन भन्दै दूतावासले सचेतना जारी गरेको हो।

यस्तो छ सूचना :

१. विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेजरविश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनुपर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्ने खाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन गरी जानकारी लिएर आवश्यक तयारी र सो को प्रबन्ध गरी आउनुपर्दछ। कलेजरविश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकिन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ। डेरा खोज्दा पनि घर मालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्दछ। सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ।

२. क्यानडामा अध्ययन गर्ने सोच भएमा धेरै सूचनाहरू सम्बन्धित वेबसाइटमा उपलब्ध हुन्छन्।पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेजरविश्वविद्यालय, ती कलेजरविश्वविद्यालयमा पाइने छात्रवृत्तिका अवसर र सम्भावना, लाग्ने शैक्षिक शुल्क, बस्न खान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सुसूचित हुनुपर्दछ।केही विषयमा प्रस्ट हुन चाहेमा आफूले चिनेका, सम्पर्कमा रहेका क्यानडामा रहनुहुने इष्टमित्र, साथीभाइ, क्यानडामा अध्ययनरत विद्यार्थीहरू, गैर आवासीय नेपाली संघ वा नेपाली समुदायका संघसंस्थाहरू, तिनका पदाधिकारीहरूसँग सम्पर्क गरी थप जानकारी लिन उचित हुन्छ।

३. अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्ने खाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ। पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के(कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रूपले सहयोग गर्नुपर्दछ। क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ।

४. शैक्षिक परामर्शदाता संस्थाहरू ९भ्मगअबतष्यलब िऋयलकगतिबलअष्भक० ले विद्यार्थीहरूको रुचि अनुसारको रोजेको विषय पढ्न पाउने गरी गुणस्तरीय कलेजरविश्वविद्यालयको छनौट, पढाइमा दिनुपर्ने समय, कलेज र विश्वविद्यालयको लोकेसन, जीवनयापन खर्च, कामको अवसर, सम्भावना र चुनौती, कार्य घण्टा, थप अध्ययनका अवसर र सम्भावना एवं आवासीय अनुमति आदिबारे कानुन सम्मत, तथ्यपूर्ण र यथार्थपरक सूचना र जानकारी विद्यार्थीहरू र तिनका अभिभावकहरूलाई दिनुपर्दछ। अपर्याप्त, अवास्तविक र यथार्थ भन्दा बाहिर बढाइ चढाइ गरी गरिएको प्रचार, प्रसार र सूचना प्रवाहबाट विद्यार्थीलाई पर्न सक्ने समस्याबारे हेक्का राख्नुपर्दछ।

५. क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको छ।जसमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ। त्यसबाहेक निजी(सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृतिरवर्क परमिट  जारी नगर्ने नीति लिएको छ।अतः क्यानडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीहरूले यी नीतिहरूलाई विशेष ध्यान दिन उचित हुनेछ।

६. कार्यस्थलमा श्रम शोषणरदुर्व्यवहाररठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानुनी उपचार खोज्नुपर्दछ। विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदारआउँदा, पैदल हिँड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसँग पालना गर्नुपर्दछ। यहाँका सडकहरूमा अत्यन्त तीव्र गतिमा गाडीहरू चल्ने हुनाले नियम विपरीत बाटो काट्दा दुर्घटनाको जोखिम रहन्छ।ट्राफिक सङ्केतको पूर्ण पालना गरेर मात्र सवारी साधन चलाउने वा बाटो काट्नुपर्दछ।

७. अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो कलेजरयुनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी काउन्सिल, मेन्टल हेल्थरकरिअर काउन्सिल आदिमा सम्पर्क गरी विभिन्न सूचना तथा अवसरहरूबारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। त्यसैगरी आफूलाई कुनै समस्याहरू आइपरेमा नेपाली राजदूतावास, टोरन्टोस्थित नेपाली अवैतनिक महावाणिज्यदूत, गैर आवासीय नेपाली संघ क्यानडा एवं आ-आफ्नो क्षेत्रमा भएका नेपाली डायस्पोरा समुदायका संघसंस्थाहरू वा पदाधिकारीहरूलाई सम्पर्क गरी सल्लाह सुझाव वा सहयोग लिनुपर्दछ।