सिद्दिचरण नगरपालिकामा बृहत स्वास्थ्य शिविर, १ हजार पाँच सय बढीले लिए सेवा

देशको आवाज
३ चैत २०८० २१:३७

ओखलढुंगा,३ चैत्र। ओखलढुङ्गामा सञ्चालित बृहत स्वास्थ्य शिविरमा १ हजार पाँच सय भन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् । नेपाल चिकित्सक सङ्घ र दावाँली मिलन क्लबको आयोजनामा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा १५ सय भन्दा बढी स्वास्थ्य उपचार तथा परिक्षण सेवा लिएको आयोजकले जनाएको छ ।

सिद्धिचरण नगरपालिका–११ को सोब्रु अङ्ग्रेजी स्कुलको प्राङ्गणमा विहान ८ बजे देखी सुरुभएको शिविरमा ओखलढुङ्का विभिन्न स्थानिय तह र आसपासका अन्य जिल्लाबाट समेत स्वास्थ्य परिक्षणका लागि नागरिकको उपस्थिती रहेको आयोजक दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।

शिविर सञ्चालन गर्न सिद्धिचरण नगरपालिका लगायत स्थानीय विभिन्न सङ्घ संस्थाहरुले महत्वपुर्ण सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । वीर अस्पताल र चितवन क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरु मार्फत शिविरमा आएका नागरिकहरुको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको श्रेष्ठले जानकारी दिए ।

शिविरमा क्यान्सर पहिचान, मुटुरोग, स्त्रीरोग, नाक, कान घाटी, छालारोग, भिडियो एक्स–रे, एक्स–रे, आँखा, ल्याब तथा साधारण स्वास्थ्य परिक्षण लगायत अन्य स्वास्थ्य परिक्षण एवम् उपचार सेवा निःशुल्क प्रदान गरिएको सिद्दिचरण नगरपालिाकका मेयर तेजन खनालले बताए । नागरिकलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा गाउँ घरमै उपलब्ध गराउने उद्देश्यले बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको मयेर खनालको भनाई छ ।

चिकित्सक र शिविर टोलीका सदस्यहरुका लागि आवश्यक खाना, बास साथै अन्य आवश्यक व्यवस्था सिद्धिचरण नगरपालिकाले गरेको जनाएको छ । नगर पालिकाको सिवशेष अनुरोधमा शिविर सञ्चालनगरिएको बताइएको छ ।