जन्म दिनमा सन्तोष बस्नेतको उपहार, विद्यार्थीलाई शैक्षिक सामग्री

देशको आवाज
३० फागुन २०८० २०:५४

ओखलढुंगा,३० फागुन । ओखलढुंगाको सुनकोशी गाउँपालिका ८ च्यानम स्थित कालिका आधारभुत विद्यालय जोरधाराका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्थानीय समाजसेवी सन्तोष कुमार बस्नेतले आफ्नो जन्म दिनको अवसर पारेर बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन् ।

 

सो विद्यालयको शैक्षिक उन्नयनकालागि विद्यार्थी अभिभावकसहित शैक्षिक सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम समेत गरिएको बस्नेतले बताए । सुनकोशी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३७ विद्यार्थीलाई विद्यालयलय झोला, ६ दर्जन कापी र सोही अनुसार पेन्सीललगायत शैक्षिक सामग्री हस्तान्तर गरिएको छ । उक्त सामग्री बस्नेतले उपलब्ध गराएका थिए । कार्यक्रममा बालबालिकालाई झोला स्टेस्नरी तथा शिक्षकहरुका लागि मायाको चिनो स्वरुपमा डायरी उपलब्ध गरिएको बस्नेतले जानकारी दिए । उनले समय समयमा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएका छन् ।

कार्यक्रममा वडा न ८ अध्यक्ष गुण राज भट्टराई, नेकपा एमालेका जिल्ला अध्यक्ष शंकर कटवाल, जिल्ला कमिटी सदस्य भुपध्वाज कटवाल, जिल्ला कमिटी सदस्य सुसिला कटवाल, पालिका कमिटी अध्यक्ष पञ्च बहादुर तामाङ, शिक्षा प्रेमि दलबहादुर कटवाल, टेक बहादुर मगर बिर्ख मगर मान बहादुर थापा अमृत बस्नेत नीर बहादुर श्रेष्ठ, पालिका सदस्य सुशिला श्रेष्ठ, वडा सदस्य ज्ञान कुमारी श्रेष्ठ, ढाल बहादुर बुढाथोकी, बिद्यालयका प्रधानाध्यापक बुद्धि बस्नेत लगाएतको उपस्थित थियो ।