चिशंखुगढी गाउँपालिका ४ नवलपुर जङ्गलमा भिषण आगलागी

देशको आवाज
३ चैत २०८० १२:४४

ओखलढुंगा,३फागुन । ओखलढुंगाकाे चिशंखुगढी गाउँपालिका-४ रातमाटे स्थित नवलपुरमाकाे जङ्गलमा आगलागी भएकाे छ ।  एक्कासी लागेकाे जङ्गलकाे आगाे निभाउन आवश्क पानी र जनशक्ति नहुँदा नियन्त्रणमा लिन सकेकाे छैन् ।

सुख्खा खर भएकाे भिरमा लागेकाे  आगाेकाे मुस्लाे बढ्दाेक्रममा रहेकाे स्थानीयले बताएका छन् । आगाेलागीकाे कारण पत्ता लागेकाे छैन । सुख्खा  माैसम सुरु भएसँगै आगलागिका घटनाहरु बृद्दि भइरहेका छन् ।