निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ३२ लावान्वीत

देशको आवाज
२० फागुन २०८० १०:२५

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ३२ जना लावान्वीत भएका छन् । भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती मा।बिमा आयोजना भएको खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लावान्वीत भएका हुन् ।

मातृका आई फाउन्डेसनको सहयोगमा डा।कृष्ण कुमार धनकोटीको टिमले आँखाको सेवा प्रदान गर्नुभएको आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिए । उनका अनुसार आँखा शिविरमा ३ सय ५६ जनाले सेवा प्राप्त गर्नुभएको थियो । जसमा १६ जनाको मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको निःशुल्क अपरेसन समेत सङ्घले नै गरिदिने उनले बताए ।

यस्तै डाक्टर ग्रेस जोशीको नेतृत्वमा पाँच भन्दा बढी दन्त चिकित्सकले शिविरमा दन्त सेवा प्रदान गर्नुभएको थियो । दन्त शिविरबाट भने ३७६ जनाले सेवा प्राप्त गरेको जोशीले जानकारी दिनुभयो । शिविरमा ८३ वर्षका ज्येष्ठ नागरिक देखि २ वर्षका साना बाबु नानीहरूले समेत सेवा लिएको अध्यक्ष जोशीले जानकारी दिए । यस्तै शिविरमा आँखाका समस्या भएका बिरामीहरूलाई निःशुल्क रूपमा औषधी तथा चस्माको समेत व्यवस्था संस्थाले नै गर्ने उनको भनाई छ ।

शिविरमा आफ्नो दाँतको ख्याल आफैले गरौँ भन्दै लक्ष्यजित मल्लले सेवा लिन आउने सम्पूर्णमा निःशुल्क रूपमा दन्त मन्जन र ब्रस वितरण गरिएको थियो। सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको उक्त शिविरमा स्काउट भक्तपुरका विद्यार्थीहरूले स्वयंसेवा प्रदान गरेका थिए । विद्यार्थी तथा समाजको सर्वागिंन विकासका लागि यो शिविरले कोसेढुंगाको काम गरेको सरस्वती मा।बिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिब पुरीले बताए । शिविरका कारण विद्यालय तथा विद्यालय आसपासका बासिन्दाले आँखा तथा दाँतको निःशुल्क सेवा प्राप्त गर्नुकासाथै थाहा नपाएका कतिपय रोग पत्ता लाग्दा समाज नै स्वस्थ बनाउन शिविरले सहयोग गरेको उनको भनाई छ ।