ओखलढुंगामा पर्यटकीय सम्भावना र अवस्था

जीवन शर्मा
१८ फागुन २०८० २०:४०

‘सानो छ तर स्वर्ग छ अल्प छ तर आखो छ’ ओखलढुंगा जिल्लालाई भैगोलिक हिसावले हेर्दा वास्तबमै सानो भएपनि अत्यान्त महत्वपूर्ण सम्भावनाहरु बोकेको जिल्लाका रुपमा लिन सकिन्छ । पर्यटकीय हिसाबले अत्याधिक सम्भावनाहरु हुँदा हुँदै पनि यस जिल्लाले घुम्नकै लागि योजना बनाएर आउँने स्वदेशी तथा विदेशी पर्यटकहरु पाउन सकेका छैन् । यस्को कारण सम्भवनाको खोजी नहुँनु नै हो । जिल्लास्थित सबै सरोकारवाला निकाय विचको समन्वय, नयाँ सम्भावनाहरुको खोज अनुसन्धान तथा त्यसको वास्तविक्ता पहिचान पछि दिगो रुप दिने विषयमा देखिएको कमजोरी पनि पर्यटन प्रबद्धन हुन नसक्नुको कारण बन्न सक्छ । छिमेकी जिल्ला खोटाङमा हलेसी महादेवको दर्शन गर्नकै लागि समयानुसार हजारौं तिर्थालुहरु जाने गरेका छन भने सोलुखुम्बुमा सगरमाथा लगाएत साना ठुला हिमालहरुको दृश्यावलोकन गर्न देखि हिमाल चढ्ने उद्देश्यले अनगिन्ति पर्यटकहरु पुग्ने गर्दछन् ।

सोलुको हिमाल र खोटाङमा हलेसी महादेवले गर्दा त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो लागेसंगै आर्थिक रुपले पनि बिस्तारै विकास हुँदै छ । ओखलढुंगामा पनि त्यस्ता सम्भावनाहरु पर्यप्त भएरपनि हामीले त्यसको सदुपयोग गर्न सकेका छैनौं । ओखलढुंगाको इतिहास, ऐतिहासिक गढीहरु, झरनाहरु मात्र नभएर हिमालको प्रवेशद्धार ओखलढुंगा जिल्लामा कत्तिपनि पर्यटक भित्र्यान नसक्नुको एउटा कारण जिल्लास्थित सरोकारवाला निकायको तालमेल नमिल्नु र सम्बन्धित निकायले चासो नदिनु हो भने अर्को कुरा यि विषयमा प्रचार प्रसारको अभाव पनि हो । संगै विभिन्न महोत्सवका नाममा कुनै एउटा व्यक्ति वा समूहको स्वार्थपूर्तिमा राज्यका निकायहरु प्रयोग हुँनु पनि यसमा उत्तिकै जिम्मेवार देखिन्छ । पर्यटन विकासका लागि सम्भावित क्षेत्रहरुमा पर्यटन भित्र्याएर जिल्लाको पहिचान लाई उच्चतहमा पु¥याउँदै आन्तरिक श्रोत बढाउनका निमित्त एक्लैले सम्भव हुँदैन् । यसका लागि योजना निर्माण, त्यसको कार्यान्वायन तह देखि प्रचारप्रसार गर्ने निकायहरुको समेत भूमिका महत्वपूर्ण हुने भएकाले सबै सरोकारुवाला निकाय विचको समन्वयमा बृहत छलफल र गुरुयोजना तयारीमा जुट्न र सामूहिक जिम्मेवारी लिने विषयमा ढिला भइसकेको छ ।

तत्कालका लागि यसै बर्ष जिल्ला विकास समितिले पारित गरेको क्भब तय ःयगलत भ्खभचभकत को अयलअभउत लाई मात्र कार्यन्वायन तहमा लौजना प्रयत्न गरियो भने धेरै ठुलो परिवर्तनको आशा गर्न सकिन्छ । त्यस्तै ऐतिहासिक ओखलढुंगा र सिद्धिचरण पार्क लाई व्यवस्थित बनाएर म्यूजियम, लाइब्रेरी, अध्यायन केन्द्रको रुपमा विकास गर्न सके कितावमा कविता बढेर बास्तविक्ता बुझन आउने आन्तरिक तथा बाह्य पर्यटकहरु फुस्रो ढुंगा हेरेर हिस्स परेर फर्कनु पर्दैथ्यो । अर्को नेपालकै दोस्रो ठुलो पाकली झरनालाई केही बर्ष अधि तत्कालिन सभाषद बालकृष्ण ढुंगेलको अगुवाइमा प्रधानमन्त्री प्रचण्ड समेतलाई निम्त्याएर महोत्सवको आयोजना गरी पर्यटकीय विकास गराउने भनेर लागेपनि त्यसले पूर्णता पाउन सकेन । केही समय हल्ला गरियो र राज्यको केही बजेट सक्ने काम मात्र भयो । त्यसको प्रतिफल देखिएन ।

अहिलेपनि पोकली झरना ओझेलमै छ । यता चिशंखुगढीको विकास र प्रबद्र्धनका लागि पनि केही सरकारी बजेट खर्च भइसकेको छ तर त्यसबाट के परिवर्तन भयो ? रुजाटार महोत्सवमा गरिएको खर्च बाट जिल्ला लाई के फाइदा भयो ? अथवा त्यस्ता महोत्सव पछि हाम्रो उद्देश्य पुरा गर्नका लागि ति गतिविधिहरुले कत्तिको निरन्तरता पाइरहेका छन् र पर्यटक भित्र्याउने कुरामा कत्तिको टेवा पुगेको छ ? त्यसको लेखाजोखा हामीले राख्न सकेका छैनौं । अहिले पनि सम्भावित स्थानको विकासका लागि केही कामहरु सुरु भएका छन् ती आफैमा स्वातगयोग्य छन् । तर त्यसलाई पुरानै प्रचलन दोहो¥याउने हिसावले मात्र गरिने हो भने सुरु गर्नुको अर्थ रहदैन् । पर्यटन विकासका लागि सांसद यज्ञराज सुनुवारको सक्रीयतामा अहिले जिल्ला विकास समितिद्धारा विरेन्द्र पार्कलाई सांसद विकास कोषको केही बजेट छुट्याएर श्रष्टा पार्क निर्माणको गुरुयोजना तयार गरिएको छ । त्यस्तै नगर पार्ककका लागि तत्कालिन ओखलढुंगा नगर विकास समितिका अध्यक्ष विनोद केसीको सक्रीयतामा जिल्ला प्रहरी कार्यालय नजिकै १३ रोपनी जमिन तयार गरी पार्क निर्माणका लागि एक करोड २२ लाख बजेट राष्ट्रिय योजना आयोगको रातो कितावमा समावेश भइसकेको छ जस मध्य १५ लाख निकासा नै भइसकेपनि कामले भने गति लिन सकेको अवस्था छैन् ।

उता विगत तीन बर्ष अघि देखि थामडाडामा निर्माणाधिन शहिद पार्कको रकम सिध्याएर अलपत्र छाडीएको छ । यि स्थानहरुको विकासका लागि सम्बन्धित जिम्मेवार निकायहरु जागरुक र सचेत हुन जरुरी छ भने आगामी फाल्गुण अन्तिम साता जिल्लाको उच्च स्थल (३ हजार ६ सय मिटर भन्दा अग्लो ) थोले दिम्बामा महोत्सब गर्ने तयारी भइरहेको छ भने यसभन्दा माथि ३६२७ मिटर उचाइमा लाम्जेडाँडा छ । जहाबाट जिल्लाका सबै भुगोल लगाएत छिमेकी जिल्लाका धेरै भुगोलहरु समेत छर्लङ्ग देखिन्छ यस ठाउँको विविध पक्षको विकास गर्न सके पर्यटकको विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने निश्चित छ । त्यस्तै सगरमाथा अवलोकन गर्न सकिने ओखलढुंगा–सोलुखुम्बुको सिमाना पत्ताले, चांगेस्थानको विकास, रुम्जाटारको पर्यटकीय विकास र त्याहाको परम्परागत ऐतिहासिक, धार्मीक, तथा संस्कृतिक पक्षहरुको संरक्षण र सम्बद्र्धन, केत्तुकेको लिब्जु भुम्जु, जिल्लाकै सबैभन्दा होचो ( ३ सय ९० मिटर) स्थान जोर्तिघाट, जिल्लाका विभिन्न गढी तथा खनिजजन्य खानी पाउने स्थानहरुको पहिचान, संरक्षण, संबद्र्धन तथा प्रचारप्रसार गरी यी क्षेत्रहरुको महत्वको विषयमा जानकारी गराउन सके जिल्लाको यर्पटन विकासले ठुलौ फड्को मार्ने कुरामा दुइमत छैन् ।

Sea to Mount Everest को concept  अनुसार जिल्लाको टोक्सेल हर्कपुर देखि सोलुको वेसक्याम्प सम्म जाने विभिन्न स्थानहरुमा समय र ठाउँ अनुसारका उपभोग्य सामाग्रीहरु सहित होमस्टे तथा रेष्टुराहरु सञ्चालनमा ल्याउन सके बढी भन्दा बढी पर्यटकहरु भित्रुयाउने र आर्थिक समृद्धितर्फ उन्मुख हुने सम्भावनाका ढोकाहरु खुलै रहेका छन् । यसका लागि सरकारी निकाय,उद्योग बाणिज्यसंघ, होटल व्यवसायि लगाएत सरोकारवालापक्ष बढी जिम्मेवार हुनु पर्ने देखिन्छ भने तपाइ हामी पनि जिम्मेवार भएर आ आफ्नो ठाउँ बाट लाग्नु उत्तिकै जरुरी छ ।
   लेखक विगत १५ वर्ष देखि व्यवसायिक पत्रकारितामा क्रियाशिल छन् ।