सबै जातजाति, बर्ग र समुदायकाे सम्मान कांग्रेसले मात्रै गर्छ – स्वास्थ्यमन्त्री सुनुवार

देशको आवाज
११ वैशाख २०८१ ७:४१

इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले सबै जातजातिको उचित सम्मान गर्ने पाटी नेपाली काङ्ग्रेस रहेको बताएका छन् । देऊमाई नगरपालिका इलाममा रहेका सुनुवार समुदायका नागरिकहरु सङ्गको भेट घाटका क्रममा मन्त्री सुनुवारले उक्त कुरा बताएका हुन ।

नागरिकसंगकाे छलफलमा मन्त्री सुनुवारले आसन्न १५ गतेको उप निर्वाचनमा इलाम क्षेत्र नं २ मा नेपाली काङग्रेसका उम्मेदवार डम्बर खडकालाई मतदान गर्न अपिल गरेका छन् । विगतमा नेकपा एमालेका नेता शेर धन राईले आफू बहुमत सहितको सरकारको मुख्य मन्त्री हुँदा समेत प्रदेशको नाम पहिचान सहितको नामकरण गर्न नसकेको बताउँदै उनले कांग्रेसले प्रदश नामाकरण र एउटा समुहकाे असहमितका विषयमा समाधान खाेज्न समिति नै बनाएर छलफल गरिरहेकाे बताए ।

एमालेकै मुख्य मन्त्री हिक्मतबहादुर कार्कीको सरकारले कोशी प्रदेशको नामकरण गरेको र नेपाली काँग्रेस अल्पमतमा रहेका कारण फरक मत राख्न नसकेको भन्दै मन्त्री सुनुवारले प्रदेश नामाकरण र पहिचानवादीकाे असन्तुष्टिलाई सम्बाेधन गर्नेगरी समिति बनाएर छलफलका माध्यामबाट समाधान खाज्ने काम भईरहेकाे स्पष्ट पारे ।

आफू काङ्ग्रेस भएकै कारण अल्पसङ्ख्यक सुनुवार समुदायकै पहिलो मन्त्री बनेको उनकाे भनाई छ । नेपाली काङ्ग्रेस पाटी मात्रै पूर्ण समानुपातिक पाटी रहेकोले काँग्रेस पार्टीले पाटीको नेतृत्व देखि स्थानीय तह, प्रदेश सभा र सङ्घीय सभामा पूर्ण समानुपातिक तवर टिकट वितरण गर्दै आएको मन्त्री सुनुवारले बताए ।