अहिले सम्म लाइनमा रहेका ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष लाग्ने

देशको आवाज
२० वैशाख २०८१ १४:२८

काठमाडौं । लाइसेन्स परिक्षा पास गरेर लाइनमा बसेका २७ लाख आवेदकले स्मार्ट लाइसेन्स प्राप्त गर्न अझै डेढ वर्ष लाग्ने भएको छ । अहिले सम्म लाइनमा रहेका ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले अहिले लाइनमा रहेका ड्राइभिङ लाइसेन्स मात्रै छाप्न अझै डेढ वर्ष लाग्ने बताए ।

आफूले मन्त्रालय सम्हालेपछि दैनिक ५ हजार प्रिन्ट लाइसेन्स प्रिन्ट हुन लागेको उल्लेख गर्दै समस्या समाधान गर्न निर्देशन दिएको जानकारी गराए । महिनाको डेढ लाख लाइसेन्स प्रिन्ट गर्दा अझै डेढ वर्ष प्रिन्ट गर्न समय लाग्ने बताए । आफूले मन्त्रालय सम्हालेपछि अलिकति सुधार गरी अघि बढेको उल्लेख गरे ।