हमासको आक्रमणमा बेपत्ता वीपीन जोशीको सकुशल उद्धारका लागि राष्ट्रपतिको ध्यानाकर्षण

देशको आवाज
७ वैशाख २०८१ १३:५८

काठमाडौँ,७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर सो आग्रह गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास व्यक्त गरे । २०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहिन भएका थिए ।