अप्रिल ८ मा अमेरिकामा लाग्ने सूर्यग्रहणबाट बिभिन्न राज्य प्रभावित हुने

दधिराम खतिवडा
१८ चैत २०८० ७:००

अमेरिका,१८ चैत्र । उत्तर अमेरिका र मध्य अमेरिकाको सम्पूर्ण भागमा ८ अप्रिल २०२४ मा खग्रास सूर्यग्रहण देखिनेछ । सो समयमा अधिकांश क्षेत्रमा दृष्य पूर्ण वा आंशिक रूपमा अन्धकार हुने वैज्ञानिक प्रक्षेपण गरिएको छ । उक्त सूर्यग्रहणको बाटो प्रशान्त महासागरदेखि एट्लान्टिक महासागरसम्म फैलिनेछ ।

ग्रहण सबैभन्दा पहिले मेक्सिकोबाट अमेरिकाको टेक्सास प्रवेश हुदै ओक्लाहोमा, अर्कान्सास, मिसौरी, इलिनोइस, केन्टकी, टेनेसी, मिशिगन, इन्डियाना, ओहायो, पेन्सिलभेनिया, न्यूयोर्क, भर्मन्ट, न्यू ह्याम्पशायर र मेन हुँदै विस्तारित खगोलशास्त्रीहरूलाई उधृत गर्दै अमेरिकी मुल धारका सन्चारमाध्यमहरूले बताएका छन् । बिशेष गरी मेक्सिको, अमेरिका र क्यानडामा ग्रहण लाग्ने बताएइको छ ।

चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा खग्रास सूर्यग्रहणको घटना हुन्छ । त्यतीबेला सूर्यलाई चन्द्रमाले पूर्णरुपमा छेकेपछि खग्रास सूर्यग्रहण उत्पन्न हुने नासाले जनाएको । सन् २०२४ को सबैभन्दा रोचक खगोलीय घटना आउन लाग्दा अमेरिकी अन्तरराज्य सरकारि निकायहरू सम्भावित अवरोध न्युनिकरणका लागि गृहकार्य गरिरहेका छन् । उल्लेखित रूाज्यहरूमा ग्रहणको दिनमा र केहिदिन पहिलेदेखि नकारात्मक असर पर्नसक्ने जनाइएको छ ।

केहि क्षेत्रमा नेटवर्कमा समस्या हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । ती क्षेत्रमा यातायात अवरुद्ध हुनसक्ने, आपतकालीन सेवाहरूमा ढिलाइ हुनसक्ने, गाडीहरु जाममा पर्न सक्ने, इन्धन, खाना र पानीको मागमा वृद्धि हुनसक्ने, ट्राफिक जाम हुनसक्ने र ९११ फोनकल बृद्धि हुनसक्ने जनाइएको छ ।

सम्भावित घटनालाइ मध्यनजर गर्दै सरकारी अधिकारीहरूले ग्रहणको अघिल्लो दिन इन्धन हाल्ने, चार्ज गर्ने, खाना र पानीको लागि किनमेल गर्ने, गाडीमा अतिरिक्त सामानहरु राख्ने लगायतका सुझाव दिएका छन् । सुरक्षा निकायले गाडीको चाप कम गर्न सम्भव भएमा बाहिर नजान र यदि सडकमा निस्कन परेमा १० घण्टाभन्दा बढी चल्नसक्ने गरी गाडीमा इन्धन वा चार्ज भएको सुनिश्चित गर्न सुझाव दिइएको छ । ग्रहणको समयमा प्रत्यक्ष सूर्यको किरणले आँखालाई हानि पुर्‍याउन सक्छ, त्यसैले उचित आँखाको सुरक्षा गर्न पनि चिकित्सकहरूले बताएका छन् ।