रुस-युक्रेन युद्ध प्रकरण :

शव नपाएका २२ परिवारले गरे कुश राखेर काजक्रिया

रुसी सेनामा मृत–बेपत्ता परिवार, घाइते र फर्कन चाहाने नेपालीको कारुणीक कथा – सरकार मौन !   

जीवन शर्मा
२९ फागुन २०८० १३:३३

काठमाडौं,२९ फागुन । बैदेशीक रोजगारीका क्रममा १८ महिनादेखि कतार रहेका चम्पादेबी गाउँपालिका –१ ओखलढुंगा पलापुका खोमकुमार भुजेल रुसी सेनामा भर्ना खुलेको र राम्रै कमाइ हुने सुनेपछि गत कात्तिक ४ गते कतारबाटै रुस लागे ।  रुस पुगेर सेनामा भर्ना भएका भुजेल युद्ध क्षेत्रमा खटाइएपछि मंसिर २२ गतेदेखि परिवारकै सम्पर्क बिहीन भए ।

‘युद्ध क्षेत्रमा जादैछु भनेर अन्तिम पटक मंसिर २२ को दिउसो कुरा भएको थियो’ उनकी श्रीमती अनिशा भुजेलले भनिन,–‘त्यसपछि हामीसँगको सम्पर्क नै टुट्यो । त्यसको एक महिनापछि २३ पुसमा रुसबाट एक्कासी उनको मृत्युको खबर आयो ।  रुसी सेनामा रहेका उनका साथीहरुले ह्वाटसएपबाट मृत्युको खवर पठाएपछि हामीले शव निकाल्न अनेकन प्रयास गर्दा समेत सकेनौं । सरकार गुहार्यौ, सुनेन ।’ शव निकाल्ने केही उपाय नलागेपछि २७ पुसमा कुशलाई शव मानेर उहाँको अन्तिम संस्कार गरेको सुनाउँदैगर्दा अनिशाको आँसु रोकिएन । भक्कानीदै उनले भनिन–‘यो देशमा जनताको सरकार रहेनछ भन्ने महसुस भएको छ ।’ उनको मृत्यु भएको पुष्टि हुने आधार शवको फोटोसम्म परिवारले नपाएको उनको गुनासो छ । ‘शवसम्म देख्न पाएको भए पनि मन बुझाउन सकिन्थ्यो होला तर शवसम्म देऋन नपाई काजकिरिया गर्दा झन् पीडाबोध भएको छ,’ उनले भनिन् । उनले दलालीलाई कति पैसा बुझाए भन्ने एकीन छैन् ।

दलालको प्रलोभनमा परेर साउन ३० गते रुस पुगेका कैलालीका भरतबहादुर शाही सीधै रुसी सेनामा भर्ना भए । घरपरिवारको राम्रो व्यवस्थापनको सपना बोकेर गर्भवती श्रीमति भद्रा शाहीलाई घर छोडेर हिडेको भरतबहादुरको छोरी जन्मिइन् । रुसी सनोमा भर्ना भएको मंसिरको दोस्रो सातासम्म उनी परिवारसँग सम्पर्कमै थिए । बच्चाको मुखसम्म हेर्नसम्म पाएका शाहीको मंसिर २३ गते मृत्युको खवरले बज्रपात बनायो । परिवारमा एउटा खुसी छाएकैबेला ठूलो बज्रपात परेको उनको परिवार अहिले विक्षिप्त छ । ‘सुत्केरी भएकै बेला त्यस्तो खबर आएपछि म बोहोसीमा ढलेछु । धेरै दिन वितेपछिमात्र होस आयो’, श्रीमति भद्राले असहज तरिकाले आफ्ना पिडा सुनाइन् ।

मृत्यु भएको खबरकै भरमा पत्याउनु परेको यो परिवारले पनि आफ्ना मान्छेको शव देख्न पाएन । अन्ततः शव बिनानै मंसिरको अन्तिममा कुश समाएर मृत्यु संस्कार गर्न बाध्य भएको शाहीको परिवारले बताएको छ । ‘निकै लामो समयसम्म शव नै पर्खेर बस्यौं,’ उनले भनिन्, ‘तर, हाम्रो केही उपाय लागेन फोटो र कुशकै भरमा काजकिरिया गर्न बाध्य भयौं ।’ अहिले उनको काखको बच्चा तीन महिनाको छ । अर्की छोरी सानै छिन् । रुसी सेनामा गएका श्रीमान्को मृत्युको खबरले विक्षप्त बनेकी उनी मरे भनिएका श्रीमान्को शव फर्काइदिन भनेर सरकारसँग हारगुहार गरिरहेकी छन् तर, सरकारले सनेको छैन् ।

त्यस्तै दलालीलाई आठ लाख पचास हजार बुझाएर कात्तिक ६ गते रुस पुगेका धादिङका पूर्णबहादुर गुरुङको मंसिर २२ गते मृत्युको अपुष्ट खबर आएको थियो ।  रुसी सेनामा भएका एक जना नेपाली कमाण्डरले पठाएको खबरकै भरमा परिवारलाई मृत्यु भएको पत्याउन मुश्किल भएपछि परिवारले मुत्युको प्रमाण स्वरुप शवको फोटो मागे । त्यसको केही दिनपछि पूर्णबहादुरको फोटो त आयो तर एकदमै विभत्स । हात र टाउँको काटिएको जुन तस्वीर हेर्न सक्ने अवस्थाकै थिए । यो अपत्यारिलो घटनालाई पनि पूर्णबहादुरको परिवारले पत्याउन बाध्य भएर मंसिर २८ गते गुरुङको परम्परा अनुसार अन्तिम मृत्युसंस्कार गरिसकेका छन् ।

यी त केही उदहारका पात्र मात्रै हुन । युक्रेन–रुसको युद्धमा होमिएका सयौं नेपाली मध्य कम्तीमा ३ दर्जनको मृत्यु भइसककेको युद्धमैदानमा रहेका नेपाली रुसी सेनाहरुसँगको सम्पर्कबाट खबर प्राप्त भइसकेको छ । मृतकको तस्वीरहरु सार्वजनीक गर्दै दुई दर्जन परिवारले त मृतृसँस्कार नै गरिसकेका छन् ।  यद्यपि नेपाल सरकारले राखेको तथ्यांकमा हाल सम्म १० जना मात्रै मरेको देखिन्छ । जुन तथ्यांक करिव दुई महिना अघि नै आइसकेको थियो ।  त्यसयता सरकारलाई मृत्यु भएका र बेपत्ता भएकाहरुको तथ्यांक समेत संकलन गरेर पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका तर्फबा बुझाइ सकेको त । यद्यपि सरकारले उक्त विषयलाई गम्भीरताका साथ लिएको पाईको छैन् ।  शुरुमा परराष्ट्रमन्त्री एनपी साउदले रुसमा आफै गएर केहीको उद्दार गरी फर्काएका थिए भने मृत्युवरण गरेकाहरुको तथ्यांक समेत त्यसैबेला संकलन भएको थियो ।  पछिकाम दिनमा सरकारी निकायबाट महत्वकासाथ यो घटनालाई नहेरिएको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीले बताईन् ।  आफुहरुले पटक पटक सरकार र सम्बन्धीत निकायको ध्यानाकर्षण गरिरहेको उनको भनाईै छ । उनिसँग रुसी सेनामा कार्यरत नेपालीहरुले त्यहाँको अवस्थाका बारेमा जानकारी गराउँदै आफुहरुलाई नेपाल फकर्ने वातावरण मिलाइदिन रात दिन कुराकानी गरिरहेका हुन्छन् ।

दैनिकजसो मृत्युको खबर परिवार समक्ष आइरहँने र मृत्युसंस्कार समेत गरिसकेको अवस्थामा परराष्ट्र मन्त्रालयले भने मृत्यु, बेपत्ता र रुसी सेनामा भएका नागरिकको तथ्यांक समेत सार्वजनीक गर्न सकेको छैन् । रुसी सेनामा गएर वेपत्ता, घाइते र मृत्यु भएका परिवारहरुलाई जोडिरहेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका अनुसार हाल सम्म ३ जर्दन नेपालीहरुको मृत्युको अनौपचारिक खवर आएको छ । २२ जना परिवारले त मृत्यु संस्कार नै गरिसकेका छन् ।

ओखलढुंगाका खोमबहादुर भुजेल, दोलखाका राजकुमार रोका, कैलालीका भरतबहादुर शाही, कास्कीका देवन राइ, स्याङजाका प्रितम कार्की, इलामका गंगाराज मोक्तान, कपिवबस्तुका रुपक कार्की, गोर्खाका सन्दीप थपलिया, दार्चुलाका कुन्दनसिंह नगाल, धादिङका राजकुमार गिरी, धादिङकै पूर्णबहादुर गुरुङ, बाँकेका संजय केसी, लम्जुङका साजन गुरुङका परिवारले कुश राखेर आफन्तको मृत्युसंस्कार गरिसकेको बताएका छन् ।  त्यस्तै लम्जुङकै सन्तोष गुरुङ, रसुवाका सुन्दर मोक्तान, दाङका जितबहादुर पुन,रुपेन्देहीका लालबहादुर बुढा, रुपेन्देहीकै नेत्रबहादुर भुजेल, बाग्लुङका जीतबहादुर विक, स्याग्जाकै हरिप्रसाद अर्याल, प्युठानका घनश्याम पुन र ठेगाना नखुलेको राजकुमार बुढाथोकीका परिवारले अन्तिम काजत्रिया गरिसकेका देशको आवाजसँग बताए । अभियन्ता कृतु भण्डारीले यी सबै परिवारले शव बिनै, कुश र फोटो राखेर आ–आफ्नो परम्परा अनुसार अन्मित संस्कार गरिसकेको बताईन् । ‘सरकारले रुसी सेनामा गएर मुत्यु भएकाहरुको शव ल्याउने विषयलाई गम्भीरताका साथ नलिएको हो की भन्ने लागेका छ’, उनले भनिन्, ‘शव नदेखि सुनेकै भरमा मृत्यु स्वीकारर्नुे बाध्यताबाट कहिलेसम्म मुक्त हुन्छन मृतकका परिवार ।’

रुसी सेनामा भर्ती भएका दाङका सञ्जय बुढामगर, ओखलढुंगाका राम खत्री, इलामका सन्तोष केरुङ र गोरखाका कुमार श्रेष्ठ जतिसक्दो नेपाल फर्कन चाहान्छ । उद्धारका लागि दुई महिनादेखि नेपाल सरकारसँग गुहार गर्दा सरकारबाट बेवास्था गरिएको उनिहरुले भिडियो मार्फत दुख व्यक्त गरेका छन् । उनिहरुसहित युद्धमा रहेका नेपालीका दर्जनौ परिवारले परराष्ट्र मन्त्रालय, कन्सुलरसेवा विभाग, दुतावास धाउदा धाउदा धाकिसकेका छन् । मृत्यु–बेपत्ता परिवार घाइते र फर्कन चाहाने नेपालीहरुको पिडा कहालीलाग्दो छ । सरकार मौन छ !