सनातन हिन्दु राष्ट्र घोषणा महाअभियान सशक्त बन्दै (फोटो फिचर)

देशको आवाज
२ चैत २०८० १७:२५

काठमाडौं, २ फागुन । नेपालमा सनातन हिन्दु राष्ट्र घोषण गर्ने महाअभियानलाई अभियान्ताहरुले सशक्त बनाउँदै गएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीको नेतृत्वमा पार्टीको गत महासमिति बैठकमा महत्वकासाथ प्रवेश पाएको यो अभियानले थप सशक्त बन्दै गएको हो ।

यसै सन्दर्भमा शुक्रबार वाल्मीकि विद्यापीठमा सनातन धर्म सापेक्ष राष्ट्रको महत्व र आवश्यकक्ता विषयक विचार गोष्ठी गरिएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको उक्त विचार गोष्ठीमा सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य डा डिला संग्रौला, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिपकप्रकाश बाँस्कोटालगायत व्यक्तिहरुले आफ्ना धारण राखेका छन् ।

संविधान निर्माण गर्दा केही नेताहरुले जालसाझी र बडो षड्यान्त्रपूर्वक ढंगबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेर ८० प्रतिशत जनताको जनमत र जनभावनामा खेलवाड गरेको नेता शंकर भण्डारीले बताए । कांग्रेस महासमिति बैठकमा यो विषयले महत्वकासाथ प्रवेश गरेको भन्दै पार्टीका साथिहरुले समेत यो विषयलाई घनीभुतरुपमा बहसमा ल्याएको भण्डारीले दाबी गरे । ‘हिन्दुराष्ट्रको विषय अन्र्तराष्ट्रिय रुपमा समेत चर्चायोग्य भएको छ’, उनले भने–‘यो विषयले नेपालमा मात्र होइन विश्वमै तरङ्गीत बनाएको छ । प्रधानमन्त्री प्रचण्डले सदनमै पटक पटक यही विषयप्रति केन्द्रीत भएर प्रस्तुत हुनुभएको छ । उहाँले कांग्रेसभित्र उठेको सनातन हिन्दुराष्ट्र अभियानको बहसले गठबन्धन टुटाउनुपरेको बताउनुभएको छ ।’

कांग्रेस नेता डा. डिला संग्रैलाले सदीयौंदेखि मानिआएको सनतातन धर्म सापेक्ष हिन्दुराज्यका पक्षमा आम नागरिकहरु लाग्नु पर्ने बताईन् । उनले यो अभियानलाई सफल बनाउन मधेशका जिल्लाहरुमा भोलीबाटै कार्यक्रमहरु शुरु गर्न लागेको उनले बताइन् । कांग्रेस नेता एवं पूर्व मन्त्री दिपकप्रकाश बाँस्कोटाले हिन्दुराष्ट्रलाई धर्मका नाममा मात्र नभई मुलुकको समृद्धिसँग जोड्नुपर्ने सविचार व्यक्त गरे । सनातन हिन्दु राज्यलाई पर्यटनसँग जोडेर मुलुकको मर्ध संस्कृति, समृद्धि र नागरिकको उन्नतिका बाटोमा लौजान राजनीतिक दलहरुले पनि सोच्नु पर्ने सहभागीहरुले बताएका छन् ।

सनातन धर्म सापेक्ष राष्ट्रको महत्व र आवश्यकक्ताका बारेमा मोदनाथ खनालले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा प्राचार्यसहित धर्मीक तथा बौद्धिक व्यक्तित्वहरुले सनातन हिन्दु राज्यको आवश्यक्ताका बारेमा घनीभुत छलफल गर्दै आगामी दिनमा अभियानलाई निरन्तरता दिदै संविधान संशोधनको बाटोमा राजनीतिक दलहरुलाई लैजाने प्रेरित गर्ने बताएका छन् ।