प्रेम र प्रलोभनमा पारेर यसरी ठग्दैछिन एक युवतिले युवाहरु

एकै पटक ५ पुरुषसँग डेटिङ गर्ने दुस्साहास

देशको आवाज
३० फागुन २०८० २२:३७

काठमाडौं, ३० फागुन । पछिल्लो समय युवतिहरुले नक्कली माया जालमा पारि विवाह समेत गर्ने बहानामा फसाएर थुप्रै युवाहरुबाट सम्पति लुट्नेगरेका छन् । यस्ता आपराधिक घटनामा संलग्न भएर पक्राउ पर्नेहरु समेत दैनिक बढ्दोमात्रामा छन् ।

त्यस्तै पाल्पाकी एक युवतीले बुटवल क्षेत्रमा केन्द्रीत भएर झण्डै ५ जना पुरुषबाट २० लाख भन्दा बढी रकम ठगेकी छन् । कुसुम गैरे नाम गरेकी २१ वर्र्षीया ती युवतीले केही वर्षदेखि पुरुषहरूलाई नक्कली विवाह र प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै गरेको तथ्यहरु फेला परेका छन् । उनले विभिन्न जिल्लाका युवाहरूलाई समेत ठगेको रहस्य खुलेको छ । रूपन्देहीका २५ वर्षीय रवी बस्नेत,नवलपरासीका २३ वर्र्षीय, विवेक मगर कपिलवस्तु २२ वर्षीय राज थापा मगर, ईश्वरी भनिने युवकको रकम ठगेको खुलेको प्रहरीले जनाएको छ ।

ती युवतीले एकै पटक ५ पुरुषसँग डेटिङ गर्ने दुस्साहास समेत गरेको पिडितहरूले बताएका छन । कुसमले ती सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन ।उनीहरूसँग सॉंचो प्रेम अर्थात विवाह गर्ने भन्दै तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ श्रीमती भनेरै सम्बोधन गर्ने गरेको बुझिएको छ । आफ्नो फन्दा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन ।

नक्कली प्रेमी विवाह गर्ने साथ उनले उनीहरुसँग आफ्नो पितालाई जापान पठाउन पैसा अपुग भएको र पैसा मागने दिएर उनीहरू बाट सम्बन्ध टुंगाउँदै फेक फेसबुक आइडी बनाएर विभिन्न धम्कीसहित थप पैसा माग्ने गरेको पीडित राजन थापाले बताए ।
त्यस्तै रुपदेन्हीका २३ वर्र्षीय विवेक मगर ती युवतिको आनीबानी देखेर शंका लागेपछि उनीसँग सम्बन्ध नरहने गरि समन्ध टुंगाएको बताए । पीडितहरूका अनुसार उनी अहिले बुटवलमा आफ्नी आमा र भाई सँग एउटा भाडाको घरमा बस्दै आएकी छिन । उनले अरुलाई भने आफू मेनपावरमा काम गर्ने गरेको बताउँदै आएकी थिइन ।