एमालको साइज घट्दा माओवादी पहिलो

देशको आवाज
१९ फागुन २०८० २२:११

काठमाडौं,१९ फागुन ।  राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो दल बन्दैछ । हाल १५ सदस्य रहेको यो दलबाट ३ सदस्य बाहिरिने र ५ सदस्या नयाँ थपिँदा १७ सदस्यसहित सबैभन्दा ठुलो दल बन्न लागेको हो । त्यस्तै हाल १० सदस्य रहेको नेपाली कांग्रेसमा आइतबार बाट ४ सदस्य घट्ने र १० नयाँ थपिदा १६ सदस्य सहित दोस्रो ठुलो दलको हैसियत प्राप्त गर्नेछ ।

राष्ट्रि सभामा अहिले सम्माको पहिलो दल एमाले तेस्रो हुन पुगेको छ । हाल एमालेका १७ सदस्य रहेकोमा ८ सदस्य बिदा हुँदैछन् भने १ जना नयाँ थपिएसँगै एमालेको १० सीट कायम हुनेछ । नेकपा एकीकृत समाजवादीका ८ जना सदस्य रहेको राष्ट्रिय सभामा २ सदस्य बिदा हुँने र २ नयाँ सदस्य प्रवेश गर्नेभएपछि आठ सीटसहित राष्ट्रिय सभामा नेकपा एस चौथो ठुलो दल बनेको छ । जनता समाजवादी पार्टीबाट १ सदस्य बिदा हुँदैछन् भने १ सदस्य निर्वाचित भएर प्रवेश गर्ने भएकाले २ नै कामय रहने छ । यता लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्य भने यथावत् रहेका छन् ।

फागुन २१ बाट कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रिय सभामा जाँदैछन् । माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द राष्ट्रिय सभामा प्रवेश गर्दैछन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल, सावित्री मल्ल, नेकपा एमालेबाट रुकमिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चा