राष्ट्रपति रनिङशिल्ड

स्वस्थ नागरिक उत्पादन भएमात्रै सिंगो देश स्वस्थ हुन्छ–स्वास्थ्यमन्त्री सुनुवार

देशको आवाज
११ फागुन २०८० १६:४३

ओखलढुंगा,११ फागुन । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले स्वस्थ नागरिक उत्पादन गर्न सकेमात्रै सिंगो देश स्वस्थ हुने बताएका छन् । शुक्रबार जिल्लास्तरिय राष्ट्रपति रनिङशिल्डको खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सुनुवारले स्वस्थ नागरिकबाट मात्रै समाज गाउँ, जिल्ला हुँदै राष्ट स्वस्थ हुने बताएका हुन् ।

प्रदेश सरकार भौतिक विकाससँगै खेलकुद र स्वास्थ्यको क्षेत्रमा विकास गर्ने लक्ष राखेको बताएका हुन् । १० वर्ष मुनीका बालबालिका लाई निशुल्क स्वास्थ्या सेवा उपलब्ध गराउने काम थालेको सुनुवारले जानकारी दिए । खेलकुदलाई स्वास्थ्यसँग जोड्ने अभियानमा लाग्न स्थानीय तहहरुलाई समेत मन्त्री सुनुवारले आग्रह गरे ।

विकास भनेको भौतिक विकास मात्रै नभएको भन्दै उनले नागरिकको चौतर्फी विकास भएमात्रै देश विकासमा टेवा पुग्ने बताए । ‘शिक्षा र विकासलाई रोजगारीसँग जोड्न सकिएन भने हामीले खोजेको विकासले सार्थकता पाउँदैन’, मन्त्री सुनुवारले भने –‘त्यसका लागी हाम्रो भुगोल, माटो सुहाउदो योजना निर्माण गर्नुपर्छ । धार्मीक सांस्कृतिक र पर्यटकीय हिसावले सम्भावना भएको ओखलढुंगालाई त्यही अनुसराको योजना बनाएर अघि बढ्नु पर्दछ । प्रदेश सरकार यस विषयमा सचेतताका साथ सबै स्थानीय सरकार र सम्बन्धीत सरोकारवालाहरुको समन्य सहकार्यमा अघि बढ्नेछ ।’