महिलाबाट पीडित हुन थालेपछि बाउ समूह सक्रिय

देशको आवाज
४ चैत २०८० १७:३८

विराटनगर,४ चैत्र । मोरङको विराटनगरमा बाउ समूह सक्रिय भएको छ । समस्यामा परेका बाउहरूको अधिकार सुनिश्चित गर्न समूहले काम थालेको हो । बाउ समूह २०७८ सालमा स्थापना भएको थियो । समूहले अधिकारबाट वञ्चित पुरुषहरूको पक्षमा काम गर्ने जनाएको छ ।

महिलाबाट पुरुषहरू पीडित हुन थालेपछि उनीहरूको अधिकार रक्षा गर्न बाउ समूह सक्रिय भएको समूहका अध्यक्ष सूर्यकिरण घिमिरेले बताए ।उनले आमा समूहले जस्तै बाउ समूह बनाइएको र यसले पुरुषहरूको सशक्तीकरण र अधिकार रक्षाको लागि काम गर्ने बताए ।

घिमिरेले भने, ‘महिलाहरुद्वारा धेरै पुरुषहरू पीडित भएको देखियो । पीडितहरूमध्ये धेरैजसो वृद्ध बाउ छन् । ती बाउलाई कानूनी उपचारमा सहयोग गर्न पनि यो सङ्गठन आवश्यक भएको महसुस भयो ।’ बाउ समूह देशभरमा यही पहिलो भएको उनीहरूको दाबी छ । संस्थामा ५० वर्ष नाघेका विवाहित र सन्तान भएका ३१ जना बाउ आबद्ध छन् ।

‘बाउ समूहले महिनाको पहिलो शनिबार बैठक बस्ने र छलफल गर्ने काम गरिरहेको छ । एक वर्षयता भने विभिन्न गतिविधिमा समूह सक्रिय छ’, अध्यक्ष घिमिरेले भने, ‘हामीहरु वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा समेत सक्रिय छौं ।’ समूह अध्यक्ष घिमिरेसँगै विराटनगर( ९ का हरि प्रसाईंको अगुवाइमा जन्मिएको हो । बाउ समूहमा अहिले ३१ जना सदस्य छन् ।