कांग्रेस महासमिति बैठक

आठ सय ५० महासमिति सदस्यले गरे हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर

हिन्दु राष्ट्रको एजेन्डालाई नेतृत्वले बेवास्ता गरे उहाँहरुका एजेन्डालाई समेत हामीले स्वीका गर्ने अवस्था रहँदैन

देशको आवाज
८ फागुन २०८० २२:०७

काठमाडौं,८ फागुन । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले चलाएको हस्ताक्षर अभियानमा साथ दिनेहरुको संख्या बढ्दोक्रममा छ । बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर अभियान चलाएका हुन् । सनातन हिन्दु राष्ट्र नेपाल घोषणा अभियानको नाममा अहिलेसम्म ८ सय ५० महासमिति सदस्यहरूले हस्ताक्षर गरेको अभियान्ताहरुले दाबी गरेका छन् ।

सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान समितिका संयोजक समेत रहेका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले अभियानमा हस्ताक्षेर गर्नेहरुको संख्या ८ सय ५० भन्दा बढी पुगिसकेको बताए । उनले भने –‘हामीले बैठकमा सहभागि महासमितिका ८ सय ५० भन्दा बढी साथिहरुको हस्ताक्षेर संकलन गरिसकेका छौं । यो अभियान जारी छ । नेतृत्वले यस विषयमा त्यति चासो नदिएको हो की भन्ने आभास भएको छ । तर, हाम्रो एजेन्डालाई नेतृत्वले बेवास्ता गरे उहाँहरुका एजेन्डालाई समेत हामीले स्वीका गर्ने अवस्था रहँदैन ।’

अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाले समेत हस्ताक्षर गरेका छन् । अरू शीर्ष नेताहरूले हस्ताक्षर गरिनसकेको हिन्दु राष्ट्रको विषय २०७५ सालको महासमितिमा पनि हस्ताक्षर अभियान चलाइएको थियो । त्यतिबेला भने कोइराला लगायत धेरै नेताहरुले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन् । त्यसबेला महासमितिमा रहेका ७२१ सदस्यले हस्ताक्षर गरेको तत्कालिन महासमिति सदस्य तथा विश्व हिन्दु महासंघका महासचिव शम्भुहरी बाँसतोलाले बताए । तर उक्त अभियाले बैठकमा औपचारिक प्रवेश पाएको थिएन ।

केही समय अघि महासमितिको तयारीका लागि बसेको वैठकमा २२ केन्द्रिय सदस्यले पुरक प्रतिवेदन सभापति शेरबहादुर देउवालाई वुझाएका छन् । यसपटक पनि कांग्रेसले यो एजेण्डालाई आधिकारिकता नदिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माको बताए । महासमिति बैठकमा प्रस्तुत उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण महत र लेखा प्रतिवेदन पेश हुदा कुनै प्रतिवेदनमा पनि हिन्दु राष्ट्रको विषयमा उठाइएको छैन् ।