राष्ट्रपति पाैडेलले ९१ वर्षीय भाउजू विष्णुमाया पाैडेलबाट टीका ग्रहण

देशको आवाज
७ कार्तिक २०८० १२:००

काठमाडौं,७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको विजया दशमीको टिका, जमरा र आर्शिवाद लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले भाउजुको हातबाट टिका लगाएपछि परिवारका सदस्यहरूलाई टिका, जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । उहाँले गुरु पुरोहितको हातबाट पनि टिका र जमरा ग्रहण गर्नुभयो ।

यसैगरी राष्ट्रपति पौडेलले विजया दशमीको अवसरमा आजै सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम रहको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई तथा ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वसाधारणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । टिका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत कार्यालयले आग्रह गरेको छ ।