ओलीलाई देउवाले भने -मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ?

देशको आवाज
१० वैशाख २०८१ १४:४१

काठमाडौं,१० बैशाख । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नेले कांग्रेसलाई गाली गरेर बस्न नसुहाउने बताएका छन् । नेकपाको हीरक महोत्सवमा विशेष सम्बोधन सभापति देउवाले भण्डारीको हत्यारा पत्ता लगाउनकोसाटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी गरेका हुन्। आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै देउवाले ओलीप्रति झोक्किन पुगेका थिए ।

‘गाली गरेपछि जवाफ त दिनुपर्‍यो’, देउवाले सम्बोधन सुरु गर्दै भने, ‘मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’, उनले भने, ‘पछि ड्राइभर पनि मारियो ।’ उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने भन्दै भने, ‘तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’

उनले कांग्रेसलाई गाली गरेर केही नहुने भन्दै गाली गर्न छुट रहेको पनि बताए । तर मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको देउवाको भनाइ छ । ‘कांग्रेसले रोकेको हो ? खोइ पत्ता लागेको हो । मलाई विरोध र गाली गरेर केही हुँदैन । तपाईहरुले पत्ता लगाउनुपर्‍यो’, देउवाले एमालेलाई चुनौती दिए । उनले देशको अवस्था अत्यान्त खराव अवस्थामा पुगेको भन्दै मुख्य राजनिितक शक्तिहरु देश र जनताप्रति सचेत भएर लाग्नुपर्ने बताए ।