डिएसपी ठगबहादुरले ठगेको प्रमाणित

देशको आवाज
२० चैत २०८० १८:३३

काठमाडौं,२० चैत्र । नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मंगलबार विशेष अदालत काठमाडौँका न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई रितेन्द्र थापाको इजलासले केसीलाई घुस रकम लिएकोमा दोषी ठहर गरेको हो।

उनीविरुद्ध गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। उनलाई ८ लाख ५० हजार जरिवाना र दुई वर्ष कैद गरेको छ। उनलाई पैसा बुझाउने बुटवलका खिलेन्द्र सिंह जिसीलाई पनि दोषी ठहर भएका छन्। जिसीलाई विशेषले एक वर्ष कैद र ९ लाख ५० हजार जरिवाना गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा कार्यरत रहेका बेला ९डिएसपी० केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा पक्राउ गरेको थियो। सुरुमा ब्यूरोले बुटबलका खिलेन्द्र सिंह जिसीलाई एक रिसोर्टबाट नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुन जस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

त्यसपछि सिआइवीले डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो। घर खानतलासी गर्दा नगद आठ लाख ५० हजार फेला परेको थियो।