जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने तयारी

देशको आवाज
१६ चैत २०८० १६:०५

काठमाडौं,१६ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने भएका छन्। शुक्रबार मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्।

२३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसअघि सपथ लिने तयारी गरेको हो।

११० सदस्यीय प्रदेशसभामा उनले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहने छन्। बहुमत पुर्‍याउनका लागि मुख्यमन्त्रीले हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी भएका थिए। सत्ता गठवन्धनका बीचमा सहमती पनि भएको थियो। बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ।