एलन मस्कविरुद्ध ट्विटरका पूर्व सिइओ अग्रवालसहित तीन कार्यकारीको मुद्दा

देशको आवाज
२४ फागुन २०८० ७:१४

काठमाडौं २४ फागुन । ट्विटरका पूर्व सिइओ पराग अग्रवालसहित कम्पनीका तीन पूर्व कार्यकारीले एलन मस्क र एक्स कर्पोरेशनविरुद्ध मुद्दा दायर गरेका छन्। मस्कले ट्विटर खरिद गरेपछि आफूहरूलाई बिना कारण निकालेको र सम्झौताअनुसार तलब नदिएको भन्दै मस्क र एक्स कर्पोरेशनविरुद्ध ट्विटरका पूर्व सिइओ अग्रवाल, प्रमुख वित्तीय अधिकारी नेड सेगल, मुख्य कानुनी सल्लाहकार विजया गड्डे र जनरल काउन्सिल सिन एजेटले सोमबार मुद्दा दायर गरेका हुन्।

मस्कले सन् २०२२ को अक्टोबरमा ट्विटर खरिद गरेपछि यसलाई रिब्रान्डिङ गर्दै एक्सु बनाएका हुन्। दायर गरिएको मुद्दाका अनुसार मस्कले अग्रवालसहित तीन पूर्व कार्यकारीलाई सम्झौताबापतको कुल १२८ मिलियन डलर तलब दिन बाँकी छ। दायर गरिएको मुद्दाका अनुसार कर्मचारी हटाउँदा मस्कले लापरवाही र जानाजानी दुराचार गरेको कारण देखाएका थिए।

रकम तिर्न नचाहेकै कारण मस्कले नक्कली कारणहरू देखाउँदै कर्मचारी निकालेको निर्णयलाई समर्थन गर्न आफ्नै विभिन्न कम्पनीका कर्मचारीहरूलाई नियुक्त गरेको आरोप छ। केही पूर्व कार्यकारीका अनुसार मस्कले ट्विटरको पूर्ण स्वामित्व लिएपछि आफूहरूप्रति ुविशेष रिसु गरेको समेत आरोप लगाएका छन्।

मुद्दा उत्तरी क्यालिफोर्नियाको संघीय अदालतमा गत सोमबार दायर गरिएको हो। मस्कलाई असंख्य श्रम तथा कार्यस्थल उल्लंघन गरेको आरोप लागेको छ। विशेषगरी सन् २०२२ को अन्तिम र २०२३ को सुरुआततिर ट्विटर खरिद गरेर एक्सको रूपमा रिब्रान्डिङ गरेपछि हजारौं कर्मचारीहरूलाई बिना तबल निकाएको आरोप छ।

पूर्व सिइओ अग्रवाल र अन्य पूर्व कार्यकारीहरूका वकिलहरूले ३८ पृष्ठ लामो गुनासोमा भनेका छन्, ुमस्कको नियन्त्रणमा ट्विटर एक ठट्टाको विषय बनेको छ। कर्मचारीदेखि विक्रेताहरूलाई समस्या भएको छ। मस्कले जग्गा धनीलाई समेत बिल बुझाउँदैन। उनीमाथि कुनै नियम नै लागू हुँदैनन् भन्ने सोच्छन्। आफूसँग असहमत हुने र विरुद्ध बोल्नेमाथि उनी आफ्नो सम्पत्ति र शक्तिको प्रयोग गर्छन्। मुद्दा दायरीबारे एक्सका तर्फबाट भने कुनै प्रवक्ताहरूले प्रतिक्रिया राख्न नचाहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा उल्लेख छ।