यसममा पाँच शैय्याको अस्पताल हस्तान्तरण (फोटो फिचर)

देशको आवाज
१३ फागुन २०८० ९:३०

ओखलढुंगा । लिखु गाउपलिका ४ यसममा निर्माण भएको ५ शैय्याको पालिका स्तरिय हस्पिटल हस्तान्तरण भएको छ । ठेकेदार कम्पनीले संझौता अनुसारको काम सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरेको हो । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा अस्पताल हस्तान्तरण भएको लिखु गाउँपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।

नव निर्मीत भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले दुर दराज गाउमा स्वास्थ्य सेवाको पहुच विस्तारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले
कोशि प्रदेश सरकार द्वार ४ लाख बराबरको स्वास्थ्य सामाग्रि हस्तान्तरण समेत गरेका छन् । स्वास्थ्य जस्तो समवेदनशिल विषयमा स्थानीय प्रदेश र केन्द्रीय सरकार समेतको सहकार्यमा सम्बन्धीत सरोकारबालाहरुको सहभागीतामा आवश्यक नीति कार्यक्रमहरु बनाउनुपर्ने मन्त्री सुनुवारले बताए ।