रुसमा ज्यान गुमाएका नेपालीहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन (तस्बिरहरू)

देशको आवाज
१३ फागुन २०८० ६:००

काठमाडौं । रुसी सेनामा ज्यान गुमाएकोहरुको सम्भनामा परिवारका सदस्य,आफन्त र अभियान्ताहरुले सामुहिक द्रीप प्रज्वलन तथा श्रद्दाञ्जली सभा गरेका छन् । युद्धमा मृत्यु भएका १६ नेपालीको शनिबार साझ पशुपतिनाथ स्थित भश्मेश्वरघाटमा आफन्तहरु समेतको उपस्थितिमा दीप प्रज्वलन तथा श्रद्दाञ्जलीसभा गरिएको हो ।

सरकारले रुसी सेनामा लागेका ९ नेपालीको मृत्यु भएको तथ्यांक राखेपनि युक्रेनसँगको युद्धमैदानमा मृत्यु भएका १६ नेपालीको तस्वीर समेत सार्वजनीक भएको छ । उक्त युद्धमा धेरै नेपालीहरुको मृत्यु भएको भएतापनि हालसम्म १६ जनाको मृत्यु पुष्टि भएको दाबी सहित शनिबार मृतकका आफन्त र अभियान्ताहरुले तस्वीर सार्वजनीक गर्दै दीपप्रज्वयलनसहित श्रद्दाञ्जलीसभाको आयोजना गरेका पिडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका अभियान्ता कृतु भण्डारीले बताईन । सन् २०२२ फेब्रुअरी २४ देखि जारी रुस र युक्रेनबीचको युद्ध साम्य नहुँदा वेलारुसमा नेपालीहरुको अवस्था भयाबह छ ।