स्वास्थ्य मन्त्रीद्धारा ओखलढुंगाका दुई अस्पताल अनुगमन

देशको आवाज
११ फागुन २०८० १७:१४

ओखलढुंगा,११ फागुन । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले जिल्लाका दुई अस्पतालको अनुगमन गरेका छन् । मन्त्री सुनुवारले जिल्ला अस्पताल रुम्जाटा र सामुदायिक अस्पताल ओखलढुंगाको अनुगमन गरेका हुन् । अनुगमनका साथै अस्पतालका समस्याका वारेमा जानकारी लिए ।

अनुगमनका क्रममा उनले भौतिक संरचना राम्रा भएपनि आवश्यक जनशक्ति सहितको उपकरण अभाव देखिएको बताए । गाउ रित्तिदै जाँदा विरामीको संख्या समेत कम रहेकाले भइरहेको जनशक्तिलाई जिम्मेवारीका साथ काम गर्न निर्देशन दिएका छन् ।  उनले सामुदायिक अस्पतालमा उपचाररत विरामीहरु समेतलाई भेटेर स्वास्थ्य सेवा प्रवाहको बारेमामा जानकारी दिएका छन् ।

भौतिक संरचना बलिया भएपनि ओखलढुंगाको स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको स्थानीयले गुनासो गरिरहेकोबेला भर्खरै मन्त्रीको जिम्मेवारी सम्हालेका सुनुवारले गृह जिल्लाको स्वास्थ्य समस्या र सुधारका उपाय सम्बन्धी चासो व्यक्त गर्दै आगामी स्वास्थ्य सेवाको पहुच विस्तारमा प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । उनले स्थानीय तहका स्वास्थ्य संस्थाबाट प्रदान हुने स्वास्थ्य सेवाको प्रभावकारीताका विषयमा समेत स्थानीय तहका प्रमुखहरुसँग छलफल चलाउन शुरु गरेका छन् । मन्त्री भएपछि सुनुवार पहिलो पटक गृह जिल्ला ओखलढुंगा पुगेका हुन् ।