लंग आइल्याण्ड नेपाली समाजको नेतृत्व चयनमा पहिलो पटक प्यानल प्रतिष्पर्धा

सिनियरिटी र अनुभवका आधारमा गौली समुह बलियो रहेको स्थानीय मतदाताहरुको दाबी

देशको आवाज
११ फागुन २०८० १५:१९

पेन्सिल्भेनिया, अमेरिका । यहाँको लंग आइल्याण्ड नेपाली समाज नेतृत्व चयनको सम्मुखमा छ । स्थापनाको १४ वर्षपछि लंग आइल्याण्ड नेपाली समाजको आगामी कार्यकालका लागी २ प्यानल प्रतिष्पर्धामा उत्रिएपछि मतदान प्रकृयाबाटै नेतृत्व चयन हुने निश्चित भएको छ ।

पहिलो पटक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले आ‐आफ्ना एजेन्डा र जित्ने आधारहरु मतदातामाझ पस्किएका छन् । महेश खड्का नेतृत्वमा बनाइएको निर्वाचन समितिले निर्वाचन कार्यतालिका समेत सार्वजनीक गरिसकेको छ । जसअनुसार २४ फेब्रुअरिमा मतदान हुदैछ । सो अधिवेशनमा २१ पदमा प्यानलै बनाएर मतदाता मनाउने अभियानमा जुटटेका छन् । नेतृत्व चयनका लागी सात सय आठ मतदाता रहेको यस समाजमा सबैले भौतिक उपस्थितिमा गोप्य मतदान गर्नेछन् ।

संस्थाको छैटौं अधिवेशमा वर्तमान बरिष्ठ उपाध्यक्ष कुलप्रसाद गौली (राजन) र वर्तमान महासचिव बाबुराम शर्माको समुह प्रतिष्पर्धामा छ । अध्यक्षका आकाँक्षी कुलप्रसाद बरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्षमा स्वभाविक दाबी देखिन्छ । उनले बरिष्ठ उपाध्यक्षको जिम्मेवारी बसेर लंग आइल्याण्ड नेपाली समाजको हिततमा काम गरेको दाबी गर्दै आएका छन् । गैलीले भनेका छन‐‘पोजेटिभ बिचारले मात्र मन जित्न सकिन्छ । समाज बिकास हुन्छ । हाम्रो त्यही लक्ष हो । आगामी दिनमा समाजलाई अब्बल र शसक्त बनाएर लंग आइल्याण्डमा बसोबास गर्ने आम नेपालीहरुका अधिकार प्राप्तीको मुद्दालाई प्राथमिकताका साथ उठाउने, नयाँ तथा पुराना नेपालीहरुको समस्या पहिचान गरी समाधानमा काम गर्नु छ । साथै संस्थाको संस्थागत विकास, भौतिक संरचना निर्माणलगायतका योजना बनाएकाले ती योजना कार्यन्वायनका लागी आफ्नो समुहको जित अनिवार्य छ ।’

उम्मेदवार भएका सबैलाई मतदान गरेर निर्वाचित गराउन मतदातालाई आब्हान गरेका छन् । महासचिव उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भइसकेकाले अनुभवका हिसावले पनि गौलीको प्यानललाई मतदान गर्ने केही मतदाताहरु समेतले देशको आवाजलाई प्रतिकृया दिए । यो अवस्थामा उनको समुह निकै बलियो देखिएको छ । सबै नेपालीहरुसँग समन्वय गरेर जान सक्ने गौलीले निर्वाचनपश्चात अर्को समुहका साथिहरुलाई समेतसँगै लिएरजाने प्रतिवद्धता समेत जनाएका छन् । संस्थाको भवन निर्माण लगायत बाँकी काम सम्पन्न गर्ने योजनालाई पुरा गर्नुपर्ने दायित्व लिनकैलागी अध्यक्षको उम्मेदवार बनेको उनको भनाई छ । साथै अर्को कार्यकालमा साथिहरुलाई सम्मानका साथ जिम्मेवारी हस्तान्तरण गर्दै संस्थालाई भरपुर सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् । नेपालको धादिङमा जन्मीएका गौली पेशाले रियल्टर हुँन् ।

गौली समुहको बरिष्ठ उपाध्यक्षमा सबिता सिवाकोटी, उपाध्यक्षमा गोकुल सापकोटा, इन्दीरा सिंखडा छन् । महासचिवमा राजेन्द्र कार्की, सचिवमा चन्द्र पराजुली र दिपक अधिकार छन भने कोषाध्यक्षमा सुरज पोखरेल र सह कोषध्यक्षमा राम के राईले उम्मेदवारी दिएका छन् । यस समुहको सदस्यमा पत्रकार ज्ञानप्रसाद बाँस्तोला, डा यमराज गिरी, अम्बिका फुयाँल, विकास मैनाली, बिमला भण्डारी, टेकमान तामाङ, प्रशान्त पाठक, रबी खड्का, राज के तामाङ, रोश्री सिटौला, सुजन रेग्मी र ज्ञानु चन्द रहेका छन् । गौलीलाई अघिल्लो पटक पनि अध्यक्षबाट रोकेर बरिष्ठ उपाध्यक्ष बनाउादा यस पटक अध्यक्ष दिने पूर्व सहमति नै भएको पूर्व अध्यक्ष दुर्गेश जंग कार्कीले बताए । उनको योदान र संस्थाको हितका लागी गौलीलाई सर्वसहमतबाटै अध्यक्ष बनाएर सबै साथिहरु अटाउनुपर्नेमा संस्थामा अनावश्यक राजनीतिक रंग दिन खोजिएको कार्कीको प्रतिकृया छ ।

अध्यक्षका अर्का प्रत्यासी बाबुराम शर्मा भने संस्थाको भव निर्माणको योजना बोकेर चुनावी मैदानमा छन् । उनले भनेजस्तै चुनाव जित्नेवित्तिकै भवन निर्माण भैहाल्छ भन्ने विषयमा त्यहाँका नेपालीहरु ढुक्क हुने अवस्था छैन् । यद्यपी संस्थाको भवन निर्माणको योजनालाई मतदाताहरुले सकारात्मक लिएको बताएका छन् । महासचिव भएर राम्रो काम गरेका दाबी गर्दै आएका शर्मा पर्वतका नेपाली हुन् । उनको समुहको बरिष्ठ उपाध्यक्षमा बाबुरा सिंहा, उपाध्यक्षमा विशाल रेग्मी, रुपा भण्डारी छन भने महासचिवमा शंकर भण्डारी छन् । त्यस्तै सचिवमा मन क्षेत्री र रमेश सत्याल रहेका छन भने कोषाध्यक्षमा निर्मल थपलिया तथा सहकोषाध्यक्षमा इन्दु थापा उम्मेदवार छन् । उक्त समुहको सदस्यमा इलिजाबेथ ढकाल,नमिता पौडेल, अनुज लामिछाने सुमन बाँस्तोला, राजकुमार गुरुङ, दिपक शर्मा, पुष्पराज रेग्मी, निरज सापकोटा, पारस खरेल,सहकुल गिरी र सरोज जिसी उम्मेदवार छन् । संस्थाका सल्लाहाका वेद खरेल शर्माको पक्षमा उभिएका छन् ।