नेकपा एसको दशौं महाधिवेशन

अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसहमत

देशको आवाज
२० असार २०८१ १९:१४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १० औं महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । गत १६ गते बाट काठमाडौंको कमलादीमा शुरु भएको महाधिवेशनमा लामो रस्साकसीबीच नेपाल पूनः अध्यक्ष बन्नुभएको हो ।

नेपाललाई महासचिव घनश्याम भुसालले अध्यक्षको लागि टक्कर दिनुभएको थियो । सम्मानीत नेता झलनाथ खनालको बलमा भुसालले उम्मेदवारी दिने निर्णय लिउपनि अन्ततः सबै नेताहरुबीच लामो छलफलपछि उहाँ पुनः महासचिवमा बस्न राजि हुनुभएको नेकपा उसका नेताहरुले बताउका छन् ।

यस्तै सम्मानित नेतामा झलनाथ खनाल नै हुनुभएको छ । उहाँ यस अघि पनि सोही जिम्म्ेवारीमा हुनुहुन्थ्यो । जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना नेताहरुको नाम सर्वसम्मत भएको घोषणा गरिएको र बाँकी बरिष्ठ उपाध्यक्ष १८ पदाधिकारी र केन्द्रीय सदस्यको शुक्रबार घोषणा गरिने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।