मधेश प्रदेश सरकारका ६ जना मन्त्री बर्खास्त 

देशको आवाज
२३ असार २०८१ ११:४२

काठमाडौं । संघीय प्रतिनिधिसभाका ठूला दुई दल नेपाली काग्रेस र नेकपा(एमाले)बीच सत्ता सहयात्रा तय भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमा सिंहले जनमत र नेकपा एमाले बाहेक सबै दलका मन्त्रीलाई बर्खास्त गरेका छन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका ६ जना मन्त्रीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेका हुन्।

संघीय सरकारमा गठबन्धन फेरिएपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा सहभागी गराउन उनले ती मन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। बर्खास्त गरिएका मन्त्रीहरुलाई आज बिहानै मुख्यमन्त्री सिंहले राजीनामा दिएर मार्गप्रस्त गर्न आग्रह गरेका थिए। तर उनीहरुले राजीनामा दिन नमानेपछि बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवायले जनाएको छ।

नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री थिए। एकीकृत समाजवादी बाट संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिंचाई तथा खानेपानी मन्त्री थिए। एक र एक जना मात्रै सांसद रहेको नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात र संघीय समाजवादीकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री थिइन्।