प्रचण्डसामु नतमस्तक

सरकारी सेटिङ मिलाउन राजीनामा नदिई फर्कीए रास्वपाका मन्त्री

देशको आवाज
२० असार २०८१ ११:४६

काठमाडौं । बिहान राजीनामा पत्र बोकेरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा गोजीमा हालेर फर्कीएका छन् । राजिनामा दिएर सदनमा प्रतिपक्षमा बस्ने निर्णयसहित  बालुवाटार पुगेका रास्वपाका मन्त्रिहरु अल्पमतमा रहेका प्रधानमन्त्री प्रचण्डको सल्लाह बमोजिम विभिन्न सरकारी सेटिङ मिलाउन राजिनामा पत्र गोजिमा हालेर फर्कीएका हुन् ।

सरकारका मन्त्रिहरुले विभिन्न निकायसँग गरेका कामको हिसाव किताव सकेर मात्रै विदा हुने योजनाका साथ बालुवाटारबाट फर्किएको विभिन्न मन्त्रालय श्रोतको दाबी छ । ‘मन्त्रालयबाट अनेकन व्यक्तिहरुले सहजकर्ताको माध्यामबाट अनगिन्ती कामहर गलेका छन्’, मन्त्रालयका एक उच्च अधिकारीले भने‘त्यसैको लहन तहन मिलाउन पनि केह िदिन मन्त्रीहरको थमौति भएको होला ।’ सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

उनले प्रहरी र सिडियो सरुवामा ठूलो चलखेल गरेको आलोप छ । लामिछाने गृहप्रवेशसँगै प्रहरी प्रशासनमा कानुनलाई चुनौति दिदै ठूलो मात्रामा सरुवा बढुवामा समय खर्चिउका थिए । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।विराजले एक महिना अघि नै राजिनामा पत्र खोजिमा बोकेर हिडेको बताएका थिए । उनले बोकेको उक्त राजिनामा पत्र अझै गोजिमै राख्न बाध्य छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । संसदको चौंथो ठूलो दल रास्वपा सभापति रवि लामिछाने आफुलगायत आफ्ना सबै मन्त्रीहरूलाई राजीनामा दिन निर्देश दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डको निर्णय कार्यन्वायन गर्दै रास्वपाले आफुनो निर्णयलाई महत्व नदिएको भन्दै उनकै पार्टीभित्र आलोचना हुन थालेको छ ।