एमाले मन्त्रीले दिए राजीनामा, प्रचण्ड सरकार अल्पमतमा

देशको आवाज
१९ असार २०८१ २०:२०

काठमाडौं । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसंगै प्रचण्ड नेतृत्वको सरकारमा एमालेको तर्फबाट गएका आठ मन्त्रीले राजीनामा दिएका छन् । कांग्रेस–एमाले सत्ता सहकार्य गर्ने निर्णय पछि बसेको पार्टीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयसँगे मन्त्रीहरले सामुहिक राजनिामा दिएका हुन् । उनिहरुको राजीनामासँगै प्रधानमन्त्री प्रचण्ड अल्प मतमा परेको छन् ।

‘हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पु¥याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएका थियौं । तर उहाँले त्यसो गर्नुभएन’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने–‘प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुग्यौं र सरकारमा गएका मन्त्रीहरु समेत फिर्ता गरिएको छ ।’

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामुहिक राजीनामा बुझाएको एमालेले जनाएको छ एमालेले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेबाट सहभागी मन्त्रीहरुले राजीनामा दिन लगाएको हो । यो अवस्थामा उनीसँग ३० दिन भित्र विश्वासको मत जुटाउने वा राजीनामा दिने दुइ विकल्प बाँकी बाँकी छन् ।