रास्वपामा भाडभैलो

सभापति लामिछानेलाई महामन्त्री ढकालनै भारी

देशको आवाज
१९ असार २०८१ १९:४५

काठमाडौं  । टेलिभिजन प्रस्तोता रवि लामिछाने र उनका सबैभन्दा निकट मानीएका मुकल ढकालको साझा प्रयासमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा भाड भैलो भएको छ । महामन्त्री मुकुल ढकालले गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेको कार्यशैलिप्रति प्रश्न उठाएपछि उक्त दलको आन्तरिक बेमेल छताछुल्ल भएको छ ।

सभापति लामिछानेले कार्यशैली नसच्चाउने हो भने सक्किने जनाउ दिएका महामन्त्री ढकालले देश दौडाहाबाट फर्कीएपछि बनाएको प्रतिवेदन सार्वजनीक हुनुपर्ने र पार्टीको बैठक समेत प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए । बुधबार बसेको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले यी दुबै माग अस्वीकार गरेपछि महामन्त्री ढकालले पार्टीमा वाक स्वतन्त्रता नरहेको भन्दै मुखमा कालो टेपलेसहितको मास्क लगाएर बैठकमा उपस्थित भए । उनको यो प्रस्तुतिले सहकारीलगायत काण्डले तनावमा परेका पार्टी सभापति रवी लामिछानेलाई पार्टीभित्र समेत तनाव थपिएको छ ।

लामिछानेका लागी उनि निकट मानीएका र पार्टी निर्माणमा समेत सबैभन्दा ठूलो बल पुर्याएका महामन्त्री ढकाल भारी बन्न पुगेको रास्वपाका नेताहरु बताउँछन । पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा ढकालले सार्वजनिक गरिरहेको एक दस्तावेजमा लामिछानेलाई सच्चिने कि…… ! भन्ने उल्लेख छ । ‘मेरा कुराहरू सुनेर सभापतिज्यू, केन्द्रीय सदस्य ज्यूहरू कोही पनि नरिसाउनु होला । सच्चिऔं । मैले म चै नसच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन । मैले खालि सच्चिनुअघि केही गल्तीहरू गरेँ होला । म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने । किनकि प्रश्न आइसक्यो ? सच्चिने कि…. ? भो अर्को शब्द नबोलौं होला’ ढकालले भनेका छन् ।

कांग्रेस, एमाले, माओवादीको पछि लागेको भन्दै पार्टी सभापति रवि लामिछानेलेमाथि प्रश्न उठाएका छन् । ‘सभापतिज्यू, झिँगासँग उडियो भने ’…’मा पुगिन्छ । मौरीसँग उड्यो भने ‘मह’ मा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ । मौरीसँग उडौं, जनतालाई मह खुवाऔं’ उनको भनाई थियो । शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालसँग निरन्तरका तस्बिरहरू आइरहेको भन्दै अब उनीहरूसँगै दाँजेर लामिछानेलाई को कति ठीक भन्ने बेला आइसकेको समेत बताएपछि पार्टीभित्र थप हंगामा भएको थियो । बुधबार बिहान ८ बजेबाट शूरु भएको बैठकमा नेताहरुले साझ सम्म छलफल गरेका छन् । पार्टी सरकारमा गएपछि जनतामा र्टीप्रति निराशा बढेको र रवि लामिछानेको पछिल्लो कार्यशैलिले पार्टीभित्र थप समस्या सृजना गरेको नेताहरुले आक्रोश पोखेका छन् ।