ज्ञान ज्योति क्याम्पसको अध्यक्षमा डिबी गिरीसहित १० सदस्य नयाँ समिति

देशको आवाज
३ असार २०८१ २१:१२

ओखलढुंगा। चम्पादेबी गाउँपालिका ६ ओखलढुंगा स्थित ज्ञान ज्योति सामुदायिक क्याम्पसको संचालक समिती अध्यक्षमा धन बहादुर (डिबी) गिरी निर्बाचित भएका छ्न ।

१४ वर्षपछि साेमबार भएकाे संचालक समितिकाे साधारणसभाबाट गिरीसहित १० जनाकाे नयाँ समिति चयन भएकाे हाे । प्रत्येक ३ वर्षमा हुनुपर्ने अधिवेशन विगत १४ वर्ष सम्म नगरी एउटा समुहले कब्जा जस्तैगरी राखेकाे क्याम्पस सञ्चालक समितिमा पहिलाे पटक लाेकतान्त्रीक प्रतिष्पर्धाबाट नेतृत्व चयन भएकाे अभिभावकहरुले बताएका छन् ।

१४ वर्षपछि पहिलाे पटक भएकाे अधिवेशनकाे निर्वाचन प्रकृयामा दुई प्यानले प्रतिष्पर्धा गरेका थिए । नेपाली कांग्रेस निकट गिरीलाई नेकपा माओवादी केन्द्रकाे साथ थियाे भने उनकाे प्रतिष्पर्धामा एमालेले लिला कटवाललाई उठाएकाे थियाे । गिरीले कटवाललाई दाेब्बर मतान्तरले पराजित गरेका छन् ।

कट्वालकाे प्यानलबाट सुदर्शन कार्की निर्वाचित हुदा बाँकी ९ जना गिरी समुहले जितेकाे छ । निर्वाचित सदस्यहरुमा बिनोद कार्की, देबीमाया खड्का, कर्ण बहादुर भुजेल, धन बहादुर खत्री, सुदर्शन कार्की, शान्ति खत्री, लक्ष्मी खड्का, ध्रुव राज थापा र बीरबहादुर कार्की रहेका छन्। साे समितिकाे कार्यकाल तीन वर्षका लागि हुने व्यवस्था छ ।

सामाजिक राजनीतिक र व्यवसायि क्षेत्रमा क्रियाशिल गिरी शैक्षिक अभियान्ता समेत हुन । उनले स्वास्थ्य तथा शैक्षिक क्षत्रमा समय समयमा आवश्यक सहयाेग समेत गर्दै आएका छन् । ओखलढुंगाको पुरानो बिध्यालयलाई स्तराेन्नति गरेर सामुदायिक क्याम्पसमा बनाईएकाे चम्पादेवी गाउपालिका सामाजिक विकास समितिका संयाेजक एवं वडा नम्बर- २ का अध्यक्ष विष्णु पुलामीले बताए ।

नबनिर्वाचित अध्यक्ष गिरीले जिल्लाकाे पश्चिम भेगकाे शैक्षिक उन्नयनमा यस क्याम्पसकाे महत्वपूर्ण देन रहेकाे बताए । आगामी दिनमा सबै पक्षसँगकाे समन्वय र सहकार्यमा शैक्षिक गुणस्तर बृद्दि गर्दै गाउमै उच्चशिक्षाकाे राम्राे विकल्पका रुपमा साे क्याम्पसलाई विकास गर्न लागि पर्ने गिरीले बताए ।