संचार र खेलकुदक्षेत्र अव्यवस्थित हुँदै गएकाे विज्ञहरुकाे चिन्ता

देशको आवाज
२९ जेठ २०८१ २०:०२

काठमाडौं । संचार र खेलकुद क्षेत्र अव्यवस्थित बन्दै गएकोमा सम्बन्धित क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जय नेपाल फाउण्डेसनले सुचना, संचार तथा खेलकुद क्षेत्रको संरक्षण र संवर्धनका बिषयमा आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन ।

कार्यक्रममा प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले आलोचनात्मक चेतको अभावमा लोकतन्त्र सस्थागत हुन नसक्ने वताउदै शक्तिको आडमा स्वतन्त्र माध्यमलाइ नियन्त्रणमा लिने प्रयास आपत्तिजनक रहेको बताए । कान्तिपुर मिडिया ग्रुपका अध्यक्षको गिरफ्तारी गलत र दुराशयपुर्ण रहेको भन्दै वाग्लेले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको बिषयमा यसले नयाँ वहस सिर्जना गरेको धारणा राखे ।

सिनियर पत्रकार तथा त्रिवि पत्रकारिता तथा आमसंचार विभागका प्रमुख डा.जगत नेपालले मुलधारको मिडियामाथि सोसल मिडियाको डोमिनेशन वढेको वताउदै संचार माध्यममा भित्रिएको अपारदर्शी लगानी चिन्ताको बिषय रहेको उल्लेख गरे । नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा सांसद रुपा विश्वकर्माले सुचनाको विश्वसनीयता हुनुपर्ने र पत्रकार देश र जनताप्रति जवाफदेही र जिम्मेवार बन्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा अखिल नेपाल फुटवल संघ एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलकुदको विकाश अहिले निरासाजनक र अव्यवस्थित रहेको उल्लेख गरे । खेलकुद क्षेत्रको विकासका लागि पुर्वाधार, प्रशिक्षण, प्रतियोगिता पैसा र पोलिसि पाँच `स´ काे आवश्यक रहेको शेर्पाको भनाइ थियो । यस्तै एन्फाका पूर्व पदाधिकारी तथा खेलकुद विज्ञ रमेश रायमाझीले खेलकुदले देशको अन्तराष्टिय साख वढाउने र राष्टिय भावनाको विकाश गर्ने भन्दै खेलकुदमा भविश्य छैन भन्ने मनोभावना चिर्न सक्नुपर्ने उल्लेख गरे ।

युवा नेतृ रेखा कुमारी यादवले खेलकुद र संचार क्षेत्र वेथितितर्फ गइरहेको र राज्यको प्राथमिकतामा नपरेको भन्दै यसलाइ कसरी व्यवस्थित गर्ने र डेमोक्रेटिक सिस्टमलाइ वलियो वनाउने भन्ने तर्फ सरकारले सोच्नुपर्ने वताए ।

अधिवक्ता रुद्र कन्दङ्वाले मान्छेको चेतना महत्वपुर्ण रहेको वताउदै अध्ययन अनुसन्धानले नै समुदाय र देश अघि वढ्ने भन्दै यसमा राज्यको लगानी वढाउनुपर्ने बिचार व्यक्त गरे । खेलकुद र संचार क्षेत्रको विकासका लागि नीति र विधिविधानमा समयानुकुल सुधार आवश्यक रहेको कन्दङ्वाको भनाइ थियो ।

यस्तै कार्यक्रममा विश्लेषक डा.सुदन कुमार ओलीले राष्टिय खेलकुद नीति बन्ने चरणमा रहेकोले यसलाइ व्यवस्थित गर्न सबैले सरकारलाइ सल्लाह र सुझाव दिनुपर्ने बताए । अर्थशास्त्री भावुक राज न्यौपानेले सुचना प्रविधि र दुरसंचारको क्षेत्रमा भएको विकासले सम्भावना सगै चुनौतिपनि थपिएको वताउदै इन्टरनेट सुचनाको पहुच सवैमा पुग्नुपर्ने र जुनसुकै वहानामा सुचनाको हकमाथि अंकुश लगाउने कामको विरोध गर्नैपर्ने वताए ।

कार्यक्रममा जय नेपाल फाउण्डेसनका अध्यक्ष वद्री अर्याल र सस्थापक सदस्य विजुला वर्माले फाउण्डेनको उद्धेश्य र कार्यक्रमबारे प्रकास पारेका थिए । कार्यक्रममा इन्जिनियर सुर्य अधिकारी, सस्थाका सदस्य सचिव विजयराज अधिकारी ज्ञानु तिमल्सेना लगायतले धारणा राखेका थियो ।