भुमिसुधारमा अलपत्र ओखलढुङ्गा बसपार्ककाे जग्गा नामसारी प्रक्रिया अघि बढाउन पहल

देशको आवाज
१९ जेठ २०८१ ७:३१

काठमाडौं । भुमिसुधार मन्त्रालयमा पुगेर लामाे समय देखि अलपत्र परेकाे ओखलढुङ्गा बसपार्ककाे जग्गा नामसारी प्रक्रिया अघि बढाउन पहल शुरु भएकाे छ । सिद्धिचरण राजमार्गमा पर्ने ओखलढुंगा रमाईलाे डाडाँस्थित नेपाली सेनाका नाममा रहेकाे बस पार्ककाे जग्गा नामसारि प्रक्रिया वर्षाै देखि अड्कीएर बसेकाे थियाे ।

बसपार्क निर्माणका लागि खरिद गरी तत्कालिन शाही नेपाली सेनाका नाममा दर्ता गरिएकाे १० राेपनी १४ आना १ पैसा जग्गा रक्षा मन्त्रालयबाट २०७५ मै नामसारी स्वीकृत दिएपनि भुमिसुधारमा पुगेर अड्कीएकाे हाे । साेकाे बाँकी प्रकृया अघि बढाउन ओखलढुंगाका सांसद एवं राज्य ब्यबस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मन्त्रालयका सचिवलाई आग्रह गरेका छन् । सिद्धचरण नगरपालिकका ११ का पूर्व अध्यक्षसमेत रहेका नेपाली कांग्रेस ओखलढुंगाका नेता विनाेदकुमार केसीले उक्त याेजनाकाे फाईल बुझाउदै बिहीबार खतिवडाकाे ध्यानाकर्षण गरका थिए ।

सभापति खतिवडालाई उनकै कार्यकक्ष सिंहदरबारमा पुगेर फाईल हस्तान्तण गर्दै ध्यानाकर्षण गराएकाे केसीले बताए । उनले सभापति खतिवडालाई बसपार्ककाे जग्गा नामसारी सम्न्धि भएकाे पछिल्लाे प्रगति र बिचमा राेकिनुकाे कारणबारे सविस्तार जानकारी सहित आफुसँग भएकाे कागजातकाे फाईल हस्तान्तरणा गरेका हुन् । सभापति खतिवडाले भुमिसुधार मन्त्रालयका सचिवलाई बाँकी काम तत्काल अघि बढाउन आग्रह गरेसँगै लामाे समय अपलत्र परेकाे बसपार्ककाे जग्गा नामसारी र बसपार्क व्यबस्थित बनाउने बिषयले चाँडै निकास पाउने आशा पलाएकाे छ । साे फाईल खतिवडाले सचिवलाई भनेर नेता केसीमार्फत नै मन्त्रालयमा पठाउने व्यबस्था मिलाएका छन् ।

बसपार्क प्रयोजनका लागी खरिद जग्गा नियतवस २०६२ साल (द्वन्द्वको समयमा) मा तत्कालिन शाही नेपाली सेनाको नाममा दर्ता गरिएकाे थियाे । अपर सगरमाथा (कटारी-ओखलढुंगा-साेलु) सडक निर्माण गरेकाे सेनाले सडकसँगै बसपार्ककाे जग्गा समेत आफनाे नाममा दर्ता कायम गराएकाे थियाे । जिल्लाकाे एक मात्रै बसपार्क निर्माणका लागि २०७१ सालमा डीपीआर गरी बजेट ब्यवस्थापन सहितकाे काम सुरु गरिएकाे तत्कालिन ओखलढुङ्गा नगरबिकास समितिमा अध्यक्ष समेत रहका नेता केसीले बताए ।

आफू २०७४ मा वडाध्यक्ष भएकाे शुरुवाती चरण देखि नै जग्गा नामसारी गर्ने र बसपार्क निर्माणकालागि आवश्यक बजेट ब्यवस्थापनकाे पहल गर्दै आएकाे केसीकाे भनाई छ । `झन्झटीलो सरकारी प्रकृया पुर्याउदै पहल गर्न धेरै नै समय लाग्यो। बसपार्क प्रयोजनको लागी खरिद जग्गा नियतवस २०६२ सालमा(द्वन्द्वको समयमा)नेपाली सेनाको नाममा दर्ता कायम हुँदा बसपार्क निर्माणमा पर्याप्त लगानी ल्याउन सकिएन । बसपार्कका नाममा जग्गा नामसारिका लागि पटक पटक जङ्गी अड्डा, रक्षा मत्रालय, भुमिसुधार मन्त्रालयलगायतका निकायहरुमा धाउदा धाउदै वडा अध्यक्षकाे कार्यकाल सकियाे, फाईल भुमिसुधार पुगेर थन्कीएकाे छ´, केसीले भने ।

जग्गावाला कार्यालयको केन्द्रिय निकाय रक्षा मन्त्रालय र बसपार्क प्रयोजनका लागि जग्गा माग गर्ने कार्यालय सिद्धिचरण नगरपालिकाको केन्द्रीय निकाय संघीय मन्त्रालयको मन्त्रीस्तर निर्णय भएपनि भूमिसुधार मन्त्रालयबाट सम्बन्धित मालपोत कार्यालयमा जग्गा नामसारीको लागी पत्राचार गर्नु पर्नेमा लामो समय मन्त्रालय मै फाइल रोकिएकाे उनकाे भनाई छ ।

मन्त्रिपरिषद बाटै निर्णय हुनुपर्ने भनी अल्मल्याउने काम भएकाे अवस्थामा आव २०७७ /७८ मा नेपाली कांग्रेस नेता खतिवडा समेतकाे पहलमा निर्णयका लागि मन्त्रिपरिषद पठाउने काम भएपनि उक्त फाईल अघि बढ्न सकेकाे छैन् । भूमिसुधार मन्त्रालयले गम्भीरताकासाथ काम नगरी मन्त्रालयले अलपत्र पारेर अड्काएकाे साे काम अघि बढाउने विषयमा सचिवलाई भनिसकेकाले बसपार्कका नाममा चाडै जग्गा प्राप्ति हुने खतिवडाले बिश्वास व्यक्त गरे ।