लाहानको समग्र विकासमा नगरको समान दृष्टिकोण छ मेयर चौधरीको

देशको आवाज
१८ जेठ २०८१ १८:३४

काठमाडौं । लाहानको भौतिक तथा सामाजिक विकासमा नगरपालिकाको समान दृष्टिकोण रहेको मेयर महेश चौधरीको दाबी गरेका छन् । नगरपालिकाले स्थानीय जनताको माग अनुसार भौतिक विकाससँगै स्वास्थ्य, शिक्षा, कृषि, रोजगार र पर्यटनका क्षेत्रलाई प्राथमिकता दिएर आफ्नो नीति कार्यक्रम तथा बजेट जर्तुमा गरेको हो । भौतिक एवं सामाजिक विकासका साथ नागरिकको दैनिक सेवा प्रवाहका सन्दर्भमा लाहान नगरपालिकाले जोड दिएको प्रमुख चौधरीले बताए ।

‘भौतिक विकास निर्माणसँगै जनताका दैनिक जिवनमा जोडिएका सेवाप्रवाहमा नागरिकलाई सहज र सरलरुपमा सेवा दिने व्यवस्था मिलाइएको छ’, चौधरीले भने,‘ कानुन र नीति नियमले दिने प्रकृया पुर्याएर आएका काममा कुनैपनि सेवाग्राहीहरुले असजिलो महसुस नगरी सेवा लिन पाउन भन्ने हाम्रो सोच छ । त्यही अनुसार अघि बढेका छौं ।’ नगरपालिकाको श्रोत साधनमा कमी देखि कर्मचारीहरुको समस्या रहेको उनको भनाई छ । स्थानीय तहहरुमा मन्त्रालयले नै कर्मचारी समयमा नपठाईदिने समस्याहरु रहेको चौधरीले देशको आवाजसँग बताए । श्रोतले साधनले भ्याएसम्म नागरिकको आवश्यकतालाई प्राथमिकताका साथ राखेर सडक पिच, ढलानलगायत पूर्वाधार विकास सागै सामाजिक विकासलाई पनि ध्यानमा राखेर काम गरेको उनको दाबी छ ।

लाहान नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक अर्ब ४६ करोडको बजेट पारित गरेको छ । सोही बजेटभित्र रहेर कर्मचारीको तलवभत्ता देखि विकासका काम समेत गर्नुपर्ने बाध्यता रहेको मेयर चौधरीले गुनासो गरे । स्थानीय नदी नाला, पोखरीहरु, हातबजारहरु, ब्यवसायिक कर, बहाल कर, एकीकृत सम्पत्ति कर, ब्यापार ब्यवसाय लगायतबाट वार्षिक करिव १० करोडको हाराहारीमा आन्तरिक श्रोत उठ्ने गरेको उनले जानकारी दिए । सोही बजेटबाट नगरले सबै वडालाई समानुपातिक वितरणको अवभारणा अनुसार प्रतिवडा वडा ५० लाखका दरले उपलब्ध गराएको छ भने आन्तरिक श्रोत बढी उठाउने वडालाई नगरस्तरिय बजेटबाट प्रोत्साहन स्वरुप थप गर्ने गरेको चौधरीको भनाई छ । नागरिकले भौतिक विकास अन्र्तगत बाटो घाटो, नाला पानी, कल्वर्ड, सिंचाई कुलो लगायतको माग बढी हुने गरेको मेयर चैधरीको भनाई छ ।

यसका अलवा रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रमा पनि नग्रपालिकाले प्राथमिकताका साथ का मगर्दै आएको उनले दाबी गरेका छन् । ‘भौतिक विकाससँगसँगै नागरिकलाई सेवा दिने कुरामा हामीले अहिले एम्बुलेन्स सेवा निशुल्क चलाएका छौं’, मयेर चौधरीले यसअघि भने, ‘नगरभित्र कोही पनि विरामी भयो भने अस्पताल सम्म निशुल्क पुर्याइदिनका लागि नगर एम्बुलेन्सको व्यवस्था गरेका छांैं । त्यस्तै कृषि मिटर अन्र्तगत खेति गर्दा चलाएको कृषि मोटरमा उठेका सबै किसानका विद्युत बिलहरु नगरपालिकाले तिरिदिने व्यवस्था मिलाएका छौं । त्यस्तै भोली जन्मीने बच्च स्वस्थ होस, कुपोषण नहोस भनेर गर्भवति महिलाहरुका लागि पौष्टिक आहालको रुपमा प्याकेजको ब्यवस्था समेत गरेका छौं । यस्ता सामाजिक र जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई लाहान नगरपालिकाले सँगै लाने प्रयास गरेको छ ।’

संघ र प्रदेश मन्त्रालयहरुले सांसद र मन्त्रीका क्षेत्रमा मात्रै बजेट लैजाने गरेकोप्रति असन्तुष्टि पोखे । लाहान नगरपालिकामा मन्त्री सांसद नभएकै कारण केन्द्रीय सरकार र प्रदेश सरको बजेट यस नगरपालिकाले नपाएको चौधरीको बुझाई छ । ‘सांसद मन्त्री भएको क्षेत्रमा विकास बढी हुन्छ । उहाँहरुको प्रथमिकतामा हाम्रो क्षेत्र परेको छैन् । स्थानीय तहको आम्दानीको श्रोत पनि न्युन भएकाले हामीलाई जनताको आवश्यकता अनुसारको विकास गर्न निकै कठिन भएको छ । त्यसका लागि कहाँबाट के गर्न सकिन्छ भनेर म धेरैजसो मन्त्रालय, विभागहरुमा धाइरहेको छु’, चौधरीले भने ।