बझाङमा कांग्रेसका उम्मेदवार अभिषेकले उछिने

देशको आवाज
१७ वैशाख २०८१ ८:३७

बझाङ । बझाङ १ (क) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्।

त्यसै गरी नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्। यस्तै नेकपा ९एकीकृत समाजवादी० का दिलबहादुर सिंहले २ हजार १ सय ०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।