इलाम २ मा एमाले उम्मेदवार सुुहाङको अग्रता कायमै

देशको आवाज
१७ वैशाख २०८१ ८:११

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उनले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार २८० मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ६३४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३०५ मत पाएका छन् ।
हालसम्म फाक्फोकथुम, चुलाचुली र माङ्सेबुङ १ को जम्मा गनेको २१८५४ मत गणना सम्पन्न भएको छ ।