एनभिजन एजुकेशन र विशाल ग्रुप फाउन्डेसनबीच सहकार्य

देशको आवाज
१० वैशाख २०८१ २१:३१

काठमाडौं,१० बैशाख । नेपाली विद्यालयमा रहेको डिजिटल रिक्ततालाई पुरा गर्नका लागि एनभिजन एजुकेशन र विशाल ग्रुरुप फाउन्डेसनले सहकार्य गर्ने भएका छन् । नेपालको शिक्षा क्षेत्रमा देखिएका बाधाहरू हटाउने संयुक्त प्रयासमा, एनभिजन एजुकेशन र विशाल ग्रुप फाउन्डेसनले नेपालभरका स्रोतसाधन नभएका विद्यालयहरूमा अत्याधुनिक प्रविधि भएका प्रयोगशालाहरू स्थापना गर्ने परिवर्तनकारी पहलको शुरूवात गरेको हाे ।

साझेदारीको उद्देश्य विद्यार्थीहरूलाई डिजिटल साक्षरताका साथ सशक्त बनाएर उनीहरूको पहुँचभन्दा बाहिरका संसारमा अवसरहरूको ढोका खोल्ने रहेकाे बताईएकाे छ । एनभिजन एजुकेशनका सह–संस्थापक श्रेयस शर्मा र रुलिन ह्वाङको नेतृत्वमा भएको प्रयासले शिक्षामा समानताको प्रतिबद्धतालाई मूर्त रूप दिने प्रयास गरिएको छ । शिक्षा बाट वञ्चित विद्यार्थीहरूलाई डिजिटल स्रोतहरूमा पहुँच प्रदान गर्ने दृष्टिकोणको साथ टोलीले २०२२ मा आफ्नो अभियान सुरु गरेको थियो ।

विशाल ग्रुप फाउन्डेसनसँग जोडिएपछि पर्याप्त प्राविधिक पूर्वाधारको अभावमा रहेका कोसेली स्कूल र लाइफ भिजन एकेडेमीलाई प्रमुख आवेदकहरूको रूपमा पहिचान गरेका थिए । एनभिजन टोलीद्वारा आयोजित डिजिटल साक्षरता प्रशिक्षण सत्रहरू मार्फत, विद्यार्थीहरूलाई आत्मविश्वासका साथ डिजिटल परिदृश्य अन्वेषण गर्न सशक्त बनाइएको छ । आधारभूत किबोर्ड कार्यहरू देखि डिजिटल कलाकृतिहरू र प्रस्तुतीकरणहरू सिर्जना गर्न अनि पाठ्यक्रमको लागि आवश्यक सीपहरू तयार गर्न डिजाइन गरिएको छ ।

एनभिजन एजुकेशन र विशाल गु्रप फाउन्डेसनले नेपाली विद्यालयहरूको लागि प्राविधिक सशक्तिकरणको तालमेल विकसित गरेको छ । नेपालको शिक्षा क्षेत्रलाई प्रवद्र्घन गर्न एनभिजन एजुकेशन र विशाल ग्रुप फाउन्डेसनले सेवा नपुगेका विद्यालयमा अत्याधुनिक प्रविधि प्रयोगशालाको शुभारम्भ गरेका छन् । यो रणनीतिक गठबन्धनले डिजिटल भिन्नतालाई बन्द गर्ने र विद्यार्थीहरूलाई आवश्यक प्राविधिक सीपहरू प्रदान गर्ने दिशामा महत्वपूर्ण कदम अघि बढ़ाउने बिश्वास गरिएको छ ।

२०२२ मा हाईस्कूलका विद्यार्थी श्रेयस शर्मा र रुलिन ह्वाङद्वारा स्थापना गरिएको हो । सावधानीपूर्वक योजना निर्माण र समन्वयको माध्यमबाट संगठनले प्रविधिलाई प्रयोग गरेर त्यसको माध्यमबाट सीमान्तकृत समुदायहरूलाई सशक्तिकरण गर्ने उनीहरूको दृष्टिकोणलाई साकार पार्न विशाल समूह फाउन्डेसनसँग साझेदारी गरेको छ ।

पर्याप्त प्राविधिक पूर्वाधार नभएका कोसेली स्कूल र लाइफ भिजन एकेडेमीलाई लक्षित गर्दै, पठन पाठनको वातावरणमा क्रान्तिकारी परिवर्तन गर्ने प्रतिज्ञा गरेको छ । पूर्ण रूपले सुसज्जित टेक्नोलोजी केन्द्रहरूको स्थापनाले विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरूमा उदाहरणीय परिवर्तनको सङ्केत गर्दछ जुन पहिले त्यस्ता स्रोतहरूबाट वञ्चित थिए ।

विद्यार्थीहरूलाई आत्मविश्वासका साथ डिजिटल परिदृश्यमा अन्वेषण गर्न सशक्त बनाउँदै हार्डवेयर प्रावधानभन्दा बाहिर गएर इनभिजन एडुकेसनले बृहत् डिजिटल साक्षरता प्रशिक्षण सत्रहरू सञ्चालन गर्दैछ । यसले समग्र दृष्टिकोणमा प्राविधिक रिक्तता मात्र पूरा गर्दैन तर युवाहरूमाझ नवप्रवर्तन र डिजिटल प्रवाहको संस्कृतिलाई पनि बढावा दिन्छ ।

यी विद्यालयहरूलाई अत्याधुनिक टेक्नोलोजी केन्द्रहरूले सुसज्जित गरेर इनभिजन एडुकेसन र विशाल गु्रप फाउन्डेसनले पठनपाठन वातावरणमा क्रान्तिकारी परिवर्तन गर्न र विद्यार्थीहरूका लागि असीमित अवसरहरू खोल्न तयार छन् । एनभिजन एजुकेशन र विशाल गु्रप फाउन्डेसनले नेपालका दुर्गम समुदायहरूमा डिजिटल समावेशीकरणको माहोललाई विकास गर्नु रहेको छ ।