संगठन सुदृढीकरणकाे अभियानमा जुट्ने ओखल्ढुङ्गा कांग्रेसकाे निर्णय

देशको आवाज
२६ चैत २०८० २१:२०

काठमाडौंर, २६ चैत्र । नेपाली काङ्ग्रेस ओखलढुंगाकाे बैठकले पार्टी संगठन सुदृढीकरणका सवालमा महत्पूर्ण निर्णयहरु गरेकाे छ ।आईतबार वीपी स्मृति भवन ओखलढुंगामा पार्टी सभापति तेजेन्द्र खनालकाे सभापतित्वमा भएकाे बैठकले सदस्यता अभियान, प्रशिक्षण, स्थानीय जनप्रतिनिधिसंग समन्वयलगाय बिषयमा निर्णय गरेकाेहाे ।

बैठकमा विगतका निर्णय कार्यन्वायन र आगामी कार्ययाेजनाकाबारेमा घनिभुत छलफल भएकाे जिल्ला सचिव अजय लुईटेलले बताए । उनका अनुसार पालिका स्तरीय प्रशिक्षण कार्यक्रम २०८१ जेष्ठ मसान्तसम्ममा सम्पन्न गर्ने, क्रियाशील सदस्यता नविकरण तथा वितरण सुरु गर्ने निर्णय गरेकाे छ । त्यस्तै स्थानीय,प्रदेश तथा संघीय सरकारले संन्चालन गरेका ओखलढुंगाका याेजनहरुलाई पारदर्शिता सहित आगामी बर्ष अधिकतम याेजनाहरुकाे छनाैटका लागि सम्बन्धित निकायसग पहल कदमी गर्ने समेत निर्णय गरेकाे लुईटेलकाे भनाई छ ।

त्यस्तै पार्टीका गतिविधिलाई प्रबिधि मैत्री बनाउने र पार्टीका नेताहरुले बुझाउनु पर्ने नियमित लेबी लाई तत्काल बुझाउन निर्देशन गर्ने समेत बैठकले निर्णय गरेकाे छ ।बैठकमा केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले
कांग्रेसलाई जनमैत्री र दर्विलाे बनाउन सबैकाे साझा प्रयास र सङ्कल्पमा मात्रै सम्भव हुने भएकाले कुनै दलसंग गठबन्धन नगरी चुनाव जित्नेेगरि संगठन निर्माणमा लाग्न आग्रह गरे ।